शुक्रबार, १७ मंसिर २०७८
शुक्रबार, १७ मंसिर २०७८

IT Training Nepal

राजनीतिक प्रतिस्पर्धामा पूर्व राजालाई गुहार्न बाँकी थियो, त्यो पनि पूरा भएछ : पोखरेल

११ असार, २०७८ १७:५६ मा प्रकाशित

332 पटक पढिएको

cm shankar pokharel

काठमाडौं – लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट पूर्व राजालाई गुहार्ने काम पूरा भएको आरोप लगाएका छन्।

बिहीबार सम्पादकहरुसँगको अन्तरक्रियामा प्रचण्डले अहिलेको राष्ट्रपति संस्थाभन्दा त उतिबेलाका राजा नै ठीक भन्ने मनसायको अभिव्यक्ति दिएपछि शुक्रबार सामाजिक सञ्जालमार्फत पोखरेलले यस्तो प्रतिक्रिया दिएका हुन्।

उनले राजनीतिलाई अराजनीतिक बनाउने खेल अब के बाँकी रहयो र भन्दै प्रश्न गरेका छन्। ‘राजनीतिक प्रतिस्पर्धामा आफुलाई अग्लो देखाऊन पूर्व राजालाई गुहार्न बाँकी थियो, हिजोबाट त्यो पनि पूरा भएछ ।’ प्रचण्डको नाम नलिई संकेत गर्दै एमाले नेता पोखरेलले लेखेका छन्, ‘राजनीतिलाई अराजनीतिक बनाउने खेल अब के बाँकी रहयो र ?’

प्रचण्डले राष्ट्रपतिको आलोचना गर्ने नाममा राजसंस्था र राजाको प्रशंसा गरेका थिए। ‘म नै राज्य हुँ भन्दै प्रधानमन्त्री हिँड्नुभएको छ। बाटा–बाटाबाट मन्त्री टिपेको छ। संवैधानिक निकाय त यति कमजोर छन् कि, त्यतिको कहिल्यै थिएनन्’, उनले भनेका थिए, ‘राष्ट्रपति कार्यालय बदनाम भएको छ। योभन्दा राजा हुँदा शान थियो। अहिले शान, मान, इज्जत केही छैन।’

राष्ट्रपति विद्यादेवी भण्डारीले इज्जत, मान र प्रतिष्ठा गुमाएको उल्लेख गर्दै उनले अहिलेको राष्ट्रपति संस्थाभन्दा राजा नै ठीक रहेको बताउँदै भनेका थिए,‘कमसेकम राजाको सान त थियो।’

केपी ओली र हामीलाई तपाईंहरूले उस्तै–उस्तै भन्नुभयो। उस्तै होइनन्। प्रधानमन्त्री पद त्याग्ने प्रचण्ड र प्रधानमन्त्री पद जोगाइराख्न लोकतन्त्र, संविधान सबै कुल्चिने ओली कसरी उस्तै–उस्तै भए ?’ ‘उस्तै–उस्तै’ भनेकामा प्रचण्डले पटक–पटक गुनासो गरे। ‘तपाईंहरूले नै उस्तै–उस्तै भनेपछि’, उनको भनाइ थियो, ‘हामी त साह्रै अन्यायमा पर्ने भयौं। त्यसैले उस्तै–उस्तैलाई लिमिटभन्दा बढी नभनिदिनुहोस्, प्लिज।’


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome