सोमबार, १३ मंसिर २०७८
सोमबार, १३ मंसिर २०७८

IT Training Nepal

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मापदण्ड विपरीत पदाधिकारी नियुक्त

११ असार, २०७८ १८:०२ मा प्रकाशित

632 पटक पढिएको

karnali academy of health sciences

जुम्ला – कर्णालीको आसा र भरोसाको केन्द्र जुम्लाको कर्णाली स्वस्थ्य विज्ञान प्रतिष्ठान व्यक्ति विशेषको चलखेलको केन्द्र बन्दै गएको छ। देशको उही नियम, कानुन र प्रक्रियाले बनाएका र उस्तै हैसियतका सबै प्रतिष्ठानका उपकुलपतिको योग्यता उस्तै हुने भए पनि कर्णाली स्वास्थ विज्ञान प्रतिष्ठानको उपकुलपति लागि फरक योग्यता हुँदा पनि हुने देखिएको छ।

देशका अरु प्रतिष्ठान र कर्णालीको उपकुलपतिका लागि चाहिने योग्यताको प्रावधान फरक छ। राष्ट्रिय स्वास्थ विज्ञान प्रतिष्ठान, बिपी स्वास्थ विज्ञान प्रतिष्ठान, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मान्यता प्राप्त शिक्षण संस्थाबाट चिकित्सा शास्त्र विषयमा कम्तिमा स्नातकोत्तर उपाधि प्राप्त गरी प्राध्यापक वा मन्त्रालय सम्बद्ध निकायमा कम्तीमा एघारौं तह वा सो सरहको पदमा काम गरेको हुनुपर्ने व्यवस्था छ।

कर्णाली स्वास्थ विज्ञान प्रतिष्ठान मान्यता प्राप्त शिक्षण संस्थाबाट चिकित्सा शास्त्र विषयमा कम्तीमा स्नातकोत्तर उपाधि प्राप्त गरी कम्तीमा सह–प्रध्यापक वा मन्त्रालय सम्बद्ध निकायमा कम्तीमा दशौं तह वा सो सरहको पदमा काम गरेको हुनुपर्ने भन्ने छ।

अन्य प्रतिष्ठानमा उपकुलपति हुन प्राध्यापक हुनुपर्ने प्रावधान भए पनि कर्णालीमा सह प्राध्यापक भए हुने उल्लेख छ। यस्तो प्रावधान राख्नुको एउटै तर्क भनेको कर्णाली जस्तो दुर्गममा प्राध्यापक जान मान्दैनन् भन्ने थियो। तर यस अघि उपकुलपतिमा प्रा. डा. राजेन्द्र राज वाग्ले र प्रा. डा. पारसकुमार आचार्य नियुक्त भएको तथ्यले कर्णालीमा प्राध्यापक जान मान्दैनन् भन्ने तर्कलाई खण्डन गरिदिएको छ ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome