शुक्रबार, १७ मंसिर २०७८
शुक्रबार, १७ मंसिर २०७८

IT Training Nepal

थप १,९२० जनामा कोरोना पुष्टि, ३४ जनाको मृत्यु, ३,००७ डिस्चार्ज

१३ असार, २०७८ १७:४९ मा प्रकाशित

479 पटक पढिएको

corona positive

काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ९२० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसहित नेपालमा कुल कोरोना संक्रमितको संख्या ६ लाख ३३ हजार ३३६७९ पुगेको छ।

यस्तै पछिल्लो २४ घण्टामा थप ३ हजार ७ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। यो सहित नेपालमा कोरोना जित्ने संख्या ५ लाख ८४ हजार ३३४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

देशभर ४० हजार ३३६ जना संक्रिय संक्रमित छन् । २ हजार ८४७ जना संस्थागत आइशोलेसनमा रहेका छन् भने ३७ हजार ४८९ जना होम आइशोलेसनमा रहेका छन् । ७०६ जना आईसियुमा २०० जना भेन्टिलेटरमा उपचारारत छन् ।

पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाबाट थप ३४ जनाको मृत्यु भएको छ। योसहित नेपालमा अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ९ रहेको छ।

पछिल्ला दिनमा नेपालमा कोरोना संक्रमण नियन्त्रित देखिएपछी सरकारले उपत्यकासहित विभिन्न जिल्लामा रोकथाम तथा नियन्त्रणका लागि जारी गरेको निषेधाज्ञा केही हदसम्म खुकुलो बनाउँदै लगेको छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome