सोमबार, १३ मंसिर २०७८
सोमबार, १३ मंसिर २०७८

IT Training Nepal

हराएकी महिलाको शव आफ्नै खेतमा गाडिएको अवस्थामा फेला

१४ असार, २०७८ ०७:१९ मा प्रकाशित

584 पटक पढिएको

rotten body found

काठमाडौं – गत जेठ १९ गते हराएकी एक महिलाको शवको अवशेष आफ्नै खेतमा गाडिएको अवस्थामा फेला परेको छ। महोत्तरीको लोहारपट्टी ७, भ्रमरपुराकी २६ वर्षीया सुजिता ठाकुरको परिवारले हत्या गरेको माइती पक्षले आरोप लगाएको छ। माइतीकै किटानी जाहेरीका आधारमा भएको खोजतलासमा प्रहरीले आइतबार शवको अवशेष भेटेको हो।

घरबाट एक किलोमिटर पर रहेको खेतमा खाल्डो खनी गाडिएको पाइएको छ। शव पूरै गलेको छ। त्यसलाई गलाउन नुनसमेत राखिएको भेटिएको छ। माइती पक्षले बेपत्ता छोरीका देवर रुपेश ठाकुर, देवरानी रोमा ठाकुर, ससुरा पतिराम ठाकुरसहित परिवारजनले हत्या गरेर शव लुकाएको आरोप लगाएको छ। सुजिताका पति भने सुस्त मनस्थितिका छन्। हाल पनि उनी श्रीमतीबारे बेखबर छन्।

सुजिताका दाजु शिवम पाण्डलेले भने, ‘एक–डेढ वर्ष पहिले पनि देवर रुपेशले बहिनीलाई ज्यान मार्ने धम्की दिएको थियो। तकिया मुखमा कोचेर मार्न खोजेको थियो। उनी त्यतिबेला हातमा दाँतले टोकेर बाँचेकी थिइन्। तर, सधैँ एकनाश हुँदैन। आखिर पापीहरूले मेरो बहिनीको ज्यान लिएरै छाडे।’ गत जेठ १९ गते रुपेशले शिवमलाई फोन गरेर भनेका थिए, ‘तपाईंको बहिनी झै–झगडा गर्दैछ। तपार्इंहरू आउनुस्, लिएर जानुस्।’ आउन लागेको बेला फेरि फोन आयो र भनियो, ‘आउनु पर्दैन, सबै कुरा मिलिसक्यो।’

त्यही दिनदेखि सुजिता बेपत्ता पारिइन्। सम्पर्कविहीन भएपछि माइती पक्ष बुझ्न जेठ २१ गते भ्रमरापुर गयो। ‘तपाईंको छोरी/बहिनी अर्कैसँग भागिसक्यो भनेर हामीलाई भने। हामीलाई विश्वास लागेन। बहिनीको कोठामा लगाइएको ताला फोडेर हेर्‍यौं। त्यहाँ उनका सामान, लत्ताकपडा, गरहना सबै छँदै थिए’, उनले भने, ‘यसले झन् शंका बढायो। तर, हामीसँग खोज्नेबाहेक अन्य कुनै विकल्प पनि थिएन।’

सुजताका दाइ शिवमले चार वर्षीय भान्जा र भान्जीलाई केही हानी नोक्सानी पुर्‍याउँछन् भन्ने डर लागेर आफूसँगै लिएर गए। गहभरि आँसु झार्दै पाण्डेले भने, ‘विस्तारै भान्जा र भान्जिबाट बुझ्दै जाँदा बहिनीलाई धारिलो हतियारले काटेर फ्रिजमा राखी खेतमा गाँडेको पोल खुल्दै गयो।’

उनीहरू किटानी जाहेरी लिएर प्रहरीमा गए। ‘तर, एसपी साबले जाहेरी लिन मान्नुभएन’, उनले भने। अनुसन्धानका लागि दबाब दिँदै आएकी सामाजिक अभियन्ता गुञ्जा रायले जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी लिएर दर्ता गराउन जाँदा यथेष्ठ प्रमाण नभएको भन्दै प्रहरीले जाहेरी लिन नमानेको सुनाइन्। उनले भनिन्, ‘हामीले साढे चार वर्षको बालकको बयान, फोन कल रेकर्ड र मृतक सुजिताको देवर रुपेशको पटक–पटक कुरा फेर्ने प्रवृत्तिका कारण हामीलाई पहिल्यै शंका लागिराथ्यो कि सुजिताको हत्या भइसकेको छ। तर, प्रहरीले अर्कैसँग भागेको अनुमानको आधारमा इलाका प्रहरी कार्यालय पिपरामा खोजबिन निवेदन दिन लगाएर घटनालाई अल्झाएको थियो।’

त्यही खोजतलासका क्रममा आइतबार प्रहरी गाउँ पुगेको थियो। त्यस क्रममा खेत उत्खनन गर्दै जाँदा बोरामा केही शवका अवशेष, केशका रौंहरू, नुनका प्याकेटहरू र अन्य पदार्थहरू भेटिएको हो। उक्त स्थानलाई शिल गरी थप अनुसन्धान भइरहेको एसपी दिनेशकुमार आचार्यले बताए।

बुहारी भागेको हल्ला फैलाएर हत्या

माइती पक्षले भने सुजिताको शव देवर रुपेश ठाकुर, देवरानी रोमा ठाकुर, ससूरा पतिराम ठाकुर सहित परिवारजनले हत्या गरेर लुकाएको आरोप लगाएको छ । मृतक सुजिताका दाजु शिवम पाण्डलेले भने, ‘एक–डेढ वर्ष पहिले पनि यस्तै बहिनीलाई ज्यान मार्ने धम्की दिइएको थियो । मेरो बहिनीलाई उनको देवर रुपेश ठाकुरले तकिया मुखमा कोचर मार्न खोजेको थियो, तर त्यतिबेला हातमा दाँतले टोकेर बाँचेकी थिइन् । सधैँ एकनाश हुँदैन आखिर पापीहरुले मेरो बहिनीको ज्यान लिएरै छाडे ।’

शिवम पाण्डेले भने “जेठ महिनाको १९ गते सुजिताको देवरले फोन गरेर सुजिताले झै–झगडा गरेको छ तपाईँहरु आउनुस् लिएर लैजानुस् भने । फेरि एकैछिनमा फोन गरेर आउनु पर्दैन, सबै कुरा मिलिसक्यो भने ! मलाई त्यही दिन लाग्दै थियो कि मेरो बहिनीलाई यिनीहरुले केही गरिदिए तर हामीले सामान्य घर झगडा भनेर छोडीदियौँ, पछि २१ गते बहिनीको ससूराली भ्रमरापुर गएर बुझ्दा तपाईँको छोरी बहिनी अर्कैसँग भागिसक्यो भनेर हामीलाई भनियो, हामीलाई विश्वास लागेन । बहिनीको कोठामा लगाइएको ताला फोडेर हामीले हेर्‍यौँ, त्यहाँ सामानहरु लत्ताकपडा, गरहना सबै छँदैथियो, तर बहिनी भागिन् भनेर भन्दा हामीमा अझ शंका पस्यो, तर हामीसँग खोज्ने बाहेक अन्य कुनै विकल्प पनि थिएन।”

प्रहरीको अनुसन्धानको क्रममा खेतमा गिलो माटो भएको ठाउँमा गाडिएको अवस्थामा सुजिताको शव भेटिएको हो । घटनास्थलमा बोरामा केही शवका अवशेष, केशका रौंहरु, नूनका प्याकेट र अन्य पदार्थहरु भेटिएपछि सो स्थानलाई शिल गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दिनेश कुमार आर्चाले बताए ।

आचार्यले भने, ‘बरामद भएका वस्तु शव वा शवको अवशेष हो वा होइन भन्ने यो तथ्य फरेन्सिक टेष्टबाट मात्र पत्ता लाग्छ, तन्नामा बेरिएको, केही गल्ने वस्तुहरु प्रयोग भएको खनिज पदार्थ भेछिएको छ, तर यकिन छैन आखिर भेटिएको वस्तु के हो ? त्यसैले केही भन्न सक्ने अवस्था छैन ।’

पीडित पक्षले गत साता सुजिताको ससूरा ५० वर्षीय पतिराम ठाकुर, देवर २६ वर्षीय रूपेश ठाकुर र देवरानी २५ वर्षीया रोमा ठाकुर विरुद्ध प्रहरीमा किटानी जाहेरी दिन खोज्दा तत्काल प्रहरीले उक्त जाहेरी लिन इन्कार गरेको थियो ।

त्यसपछि खोजतलासका लागि पीडित परिवारले निवेदन दिएका थिए । मृतक सुजिताका श्रीमान् सुस्त मनस्थितीका छन् । हाल पनि उनी श्रीमतीबारे बेखबर छन् । घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome