शुक्रबार, १७ मंसिर २०७८
शुक्रबार, १७ मंसिर २०७८

IT Training Nepal

साविक विजेता पोर्चुगललाई हराउँदै बेल्जियम क्वाटरफाइनलमा

१४ असार, २०७८ ०७:३२ मा प्रकाशित

513 पटक पढिएको

belgium in euro 2021

काठमाडौं – थोर्गन हाजार्डको निर्णायक गोलमा साविक विजेता पोर्चुगललाई पराजित गर्दै बेल्जियम युरोकप २०२० को क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

गएराति भएको अन्तिम १६ को खेलमा विश्व नम्बर एक बेल्जियमले पोर्चुगललाई १-० ले पराजित गरेको हो । २०१६ को विजेता पोर्चुगल भने पहिलो पटक क्वाटरफाइनल पुग्न असफल भएको छ ।

सेभियास्थित ला कार्टुजा स्टेडियमा भएको खेलमा हाजार्डले एक मात्र गोल गरे । खेलको ४२औं मिनेटमा हाजार्डले उत्कृष्ट गोल गर्दै बेल्जियमलाई अग्रता दिलाएका थिए । उनले थोमस मुनिएले उपलब्ध गराएको पासमा गोल गरेका हुन् ।

दोस्रो हाफमा क्रिस्टियानो रोनाल्डो नेतृत्वको पोर्चुगलले बराबरी गोल फर्काउने प्रयास गरेपनि सफल हुन सकेन ।

८३ औं मिनेटमा पोर्गुलका राफेल गुरेइरोको प्रहार पोस्टमा लागेर फर्केको थियो । त्यसअघि रुबेन डियासको हेडर बेल्जियमका गोलकिपर थिबाउ कोर्तवाले रोकेका थिए ।

समूह चरणको तीनवटै खेलमा गोल गरेका पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले यस खेलमा भने गोल गर्न सकेनन् ।

पहिलो पटक युरोकप जित्ने लक्ष्यमा रहेको बेल्जियमले अब क्वाटरफाइनलमा एक पटकको विजेता इटलीसँग प्रतिस्पर्धा गर्नेछ ।

नेदरल्याण्ड्सलाई हराउँदै चेक रिपब्लिक क्वाटरफाइनलमा

त्यसैगरी हैजै भएको अर्को खेलमा नेदरल्याण्ड्सलाई २-० ले पराजित गर्दै चेक रिपब्लिक युरोकप २०२० को क्वाटरफाइनलमा प्रवेश गरेको छ । आइतबार हंगेरीको बुढापेस्टस्थित पुस्कास एरेनामा भएको खेलमा चेकले १० खेलाडीको नेदरल्याण्ड्सलाई २-० ले पराजित गरेको हो । चेकका लागि टोमस होल्स र प्याट्रिक सिकले गोल गरे ।

समूह ‘डी’ को तेस्रो बन्दै अन्तिम १६ मा पुगेको चेकले समूह ‘सी’ मा तीनवटै खेल जित्दै विजेता बनेको नेदरल्याण्ड्सलाई पराजित गरेको हो ।

चेकले अब क्वाटरफाइनलमा डेनमार्कसँग खेल्नेछ । हारपछि नेदरल्याण्ड्स बाहिरिएको छ ।

पहिलो हाफ बराबरीमा सकिएको खेलको दोस्रो हाफमा चेक रिपब्लिकले दुई गोल गरेको थियो । ५५औं मिनेटमा नेदरल्याण्ड्सका माथिस डि लिग्टले रातो कार्ड पाएपछि त्यसैको फाइदा उठाउँदै चेकले दुई गोल गर्‍यो ।

त्यसअघि ५२औं मिनेटमा नेदरल्याण्ड्सले गोल गर्ने सुन्दर अवसर गुमाएको थियो । नेदरल्याण्ड्सका डोनयेल मालेन वान भर्सेस वानमा गोल गर्न चुकेका थिए ।

५५औं मिनेटमा माथिस डे लिग्ट रातो कार्ड पाउँदै मैदान बाहिरिएपछि नेदरल्याण्ड्स १० खेलाडीमा समेटिएको थियो । बल ह्याण्ड गरेकोले भिएआर रिभ्युपछि डे लिग्टलाई रातो कार्ड देखाइएको थियो ।

नेदरल्याण्ड्सको एक खेलाडी कम हुँदा चेकलाई फाइदा पुग्यो । ६८औं मिनेटमा टोमस होल्सले टोमस क्लासको पासमा हेडरमार्फत गोल गर्द अग्रता दिलाए ।

८०औं मिनेटमा प्याट्रिक सिकले गोल गर्दै चेकको अग्रता दोब्बर पारे । उनले पहिलो गोल गरेका होल्सको क्रसमा गोल गरेका हुन् । जारी युरोकपमा सिकको यो चौथो गोल हो ।

१६ टिमको युरोकप हुँदा सन् २०१२ मा क्वाटरफाइनल खेलेको चेक त्यसपछि पहिलो पटक क्वाटरफाइनल पुगेको हो । सन् २००४ को समूह चरणमा चेकले नेदरल्याण्ड्सलाई ३-२ ले पराजित गरेको थियो ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome