बिहीबार, १० असार २०७८
बिहीबार, १० असार २०७८

IT Training Nepal

पाटन अस्पतालमा कोरोनाबाट ६५ वर्षीया महिलाको मृत्यु

१६ श्रावण, २०७७ १६:०४ मा प्रकाशित

650 पटक पढिएको

patan academy of health sciences

ललितपुर – ललितपुरको पाटन अस्पतालमा कोरोना संक्रमणबाट शुक्रबार एक जनाको मृत्यु भएको छ।

मृत्यु हुने ६५ वर्षीया महिला स्थानीय बासिन्दा भएको ललितपुर स्वास्थ्य कार्यालयका प्रमुख डा. खगेश्वर गेलालले जानकारी दिए।

स्वास्थ्य कार्यालय ललितपुरका अनुसार उनी थसिखेलकी स्थायी बासिन्दा हुन्। यही साता कोरोना संक्रमण पुष्टि भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो।

स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख गेलालका अनुसार उनी केही समयअघि वीरगन्जबाट काठमाडौँ आएकी थिइन्।

तराईबाट आए पनि क्वारेन्टाइनमा नबसेको खुलेको छ। उनको परिवारका अन्य पाँच जनामासमेत कोरोना संक्रमण पुष्टि भएको छ। मृतक महिला उच्च रक्तचापकी बिरामी थिइन्। ललितपुर जिल्लामा मात्र १०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार नेपालमा कोरोनाका कारण ज्यान गुमाउने संख्या ५२ पुगेको छ।

शुक्रबार बिहान वीरगन्जमा एक र ललितपुरको एक गरी मृत्यु अहिलेसम्म मृत्यु हुनेको संख्या ५४ पुगेको छ। यसको औपचारिक जानकारी भने मन्त्रालयले दिएको छैन।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome