बुधबार, २२ मंसिर २०७८
बुधबार, २२ मंसिर २०७८

IT Training Nepal

वार्तामा बोलाएर उपकुलपतिले दुर्व्यवहार गरेपछि बीपी प्रतिष्ठानका चिकित्सक थप आन्दोलित

१५ असार, २०७८ १८:३१ मा प्रकाशित

312 पटक पढिएको

bp vice chancellor gyanendra giri

धरान – बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीले आन्दोलित चिकित्सकलाई वार्तामा बोलाएर दुर्व्यवहार गरेका छन् ।

मंगलबार वार्तामा बोलाएका गिरीले अपशब्द प्रयोग गर्दै दुर्व्यवहार गरेका हुन् । वार्ताको समाचार संकलन गर्न पुगेका पत्रकारमाथिसमेत दुर्व्यवहार भएको छ । आन्दोलित चिकित्सकले उपकुलपति गिरीले मादक पदार्थ खाएर दुर्व्यवहार गरेको भन्दै स्वास्थ्य परीक्षण गरेर कारवाही गर्नुपर्ने माग गरेका छन् । वार्तामा बोलाएर उपकुलपतिले दुर्व्यवहार गरेपछि चिकित्सक थप आन्दोलित बनेका छन् ।

यसअघि प्रतिष्ठान सुधारको माग राखेर धरानका सबै राजनीतिक दल, नागरिक समाज र प्रतिष्ठानका चिकित्सक कर्मचारीले आन्दोलन थालेपछि दुई सातादेखि प्रतिष्ठानका उपकुलपति गिरी सम्पर्कमा थिएनन् ।

पन्ध्र महिना अगाडि प्रतिष्ठानको उपकुलपति भएर आए यता डा. गिरीले कार्यसम्पादन राम्रोसँग नगरेका कारण प्रतिष्ठानको अवस्था कमजोर भएको भन्दै प्रतिष्ठानमा चिकित्सक, कर्मचारी र धरान नागरिक दबाब समूहले छुट्टा छुट्टै आन्दोलन थालेका थिए। धरान नागरिक समाजले प्रतिष्ठान सुधार गर्न माग राखेर अल्टिमेटम दिएको थियो ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome