आईतवार, २ माघ २०७८
आईतवार, २ माघ २०७८

IT Training Nepal

पहिरोले पोखरा-बागलुङ सडकखण्ड अवरुद्ध

१५ असार, २०७८ १८:३९ मा प्रकाशित

639 पटक पढिएको

road blocked by landslide

पर्वत – सोमबार बिहानदेखि लगातार परेको वर्षाका कारण पहिरो जाँदा मध्यपहाडी लोकमार्गको पर्वत–बागलुङ सडकखण्ड अवरुद्ध बनेको छ । पर्वतको कुश्मा नगरपालिका ८ चुवाभिरमा निरन्तर पहिरो झरेका कारण गए रातीदेखि नै सडक अवरुद्ध बनेको हो ।

उक्त स्थानमा सडकभन्दा करिब ५० मिटरमाथिबाट ठूलो पहिरो झरिरहेकाले अहिले सडक अबरुद्ध बनेको छ । सडकको दुवै तर्फबाट हटाउने प्रयास भइरहेपनि खुलाउन सकिएको छैन। मंगलबार दिउँसो बेलुकासम्म लाग्न सक्ने जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायव उपरीक्षक विश्वराज अधिकारीले बताए । उक्त स्थानमा विगत देखिनै सामान्य वर्षा हुने वित्तिकै पटकपटक सडक अवरुद्ध हुने गरेको छ ।

सडक अवरुद्ध बनेपछि विभिन्न मालबहाक ढुवानीका सवारी साधनसँगै एम्बुलेन्स सेवा समेत प्रभावित बनेको छ । कोरोना कहरको महामारीमा सडक बन्द भएपछि बागलुङ, म्याग्दी, मुस्ताङ लगायतका स्थानबाट थप उपचारका लागि पोखरा लैजानुनपर्ने विरामी प्रभावित बनेका छन् भने अत्यावश्यक कामका लागि आवातजावत गर्ने सर्वसाधारणहरु पनि मर्कामा परेका छन् ।

मंगलबार साँझसम्म एकतर्फी खुलाउन सकिने सम्भावना रहेको ट्राफिक प्रहरी प्रमुख कृष्ण खड्काले जानकारी दिए । दुईतर्फी खुलाउन भने समय लाग्ने उनको भनाइ। सडक अवरुद्ध हुँदा साविक धौलागिरिका बागलुङ, म्याग्दी र मुस्ताङका लागि आएका सवारी साधनहरु पर्वतको नयाँपुलमा अलपत्र बनेका छन् भने ती जिल्लाबाट पोखरा, काठमाडौंका लागि छुटेका सवारीसाधन पनि गन्तव्यमा पुग्न सकेका छैनन् ।

सडक सडकमा पहिरो आएपछि विद्युत पोल भाँच्चिदा सोमबार रातिदेखि अवरुद्ध बनेको धौलागिरिका बागलुङ, म्याग्दी र पर्वतमा वितरण गरिएको विद्युत लाइन मंगलबार बिहानबाट सुचारु भएको छ ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome