बिहीबार, २१ श्रावण २०७८
बिहीबार, २१ श्रावण २०७८

IT Training Nepal

विश्वकै दोस्रो ठूलो जलविद्युत आयोजनाबाट विद्युत उत्पादन सुरु

१५ असार, २०७८ १८:५६ मा प्रकाशित

566 पटक पढिएको

worlds second largest hydro

काठमाडौं – चीनले विश्वकै दोस्रो ठूलो जलविद्युत आयोजनाबाट विद्युत परीक्षण उत्पादन गर्न थालेको छ ।

चीनको दक्षिण पश्चिमस्थित याङ्सी नदीको सहायक नदी जिन्सा नदीमा निर्माण गरिएको बाइहिटान बाँधबाट सोमबार विद्युत उत्पादन सुरु गरिएको हो । २००३ मा चीनको याङ्जी नदीमै निर्मित थ्री गर्जेज बाँधपछिको यो दोस्रो ठूलो बाँध हो ।

१९२१ मा चिनियाँ कम्युनिष्ट पार्टीको स्थापनाको १००औं वर्ष मनाउने तयारी भइरहँदा चीनले नयाँ विद्युत गृह निर्माणको घोषणा गरेको छ । जैविक इन्धनको खपत कम गरी वैकल्पिक र जलविद्युत उत्पादन मार्फत विद्युतको माग पूरा गर्ने योजना अनुसार चीनमा ठूला जलविद्युत गृह निर्माण भइरहेको चीनले जनाएको छ ।

२८९ मिटर अग्लो बाइहिटान बाँधमा १० लाख किलोवाट क्षमताका १६ वटा विद्युत उत्पादन जेनेरेटर जडान हुने बताइएको छ ।

चीनमै बनेको पहिलो ठूलो बाँध थ्री गर्जेजको विद्युत उत्पादन क्षमता दुई करोड २५ लाख किलोवाट छ । यी दुबै विद्युत आयोजना सौर्य र वायु ऊर्जा उत्पादनमा विश्वकै ठूलो लगानीकर्ता थ्री गर्जेज ग्रुप कर्पोरेसनले निर्माण गरेको हो ।

चीनको यस महत्वकांक्षी योजनालाई लिएर विश्वका अन्य कतिपय मुलुकले आलोचना समेत गर्न थालेका छन् । यसबाट स्थानीयको खेती डुबानमा पर्ने तथा नदीको जैविकता विशृंखलित बनाउने साथै माछा र अन्य प्रजातिको अस्तित्व खतरामा पर्ने भन्दै वातावरणविदहरुले चिन्ता व्यक्त गरेका छन् ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome