बुधबार, २२ मंसिर २०७८
बुधबार, २२ मंसिर २०७८

IT Training Nepal

जर्मनीलाई हराउँदै इंग्ल्याण्ड क्वाटरफाइनलमा

१६ असार, २०७८ ०७:३९ मा प्रकाशित

582 पटक पढिएको

grealish and sterling

काठमाडौं – ५५ वर्षपछि ठूलो प्रतियोगिताको नकआउट चरणमा जर्मनीलाई हराएको इंग्ल्याण्ड युरोकप फुटबलको क्वार्टरफाइनलमा पुगेको छ ।

मंगलबार राति भएको खेलमा इंग्ल्याण्डले जर्मनीलाई २-० गोल अन्तरले हराएको हो । जितसँगै इंग्ल्याण्डले सन् १९९६ को युरो सेमिफाइनलमा बेहोरेको हारको बदला समेत लिएको छ ।

लण्डनस्थित वेम्वली स्टेडियममा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर दोस्रो हाफमा इंग्ल्याण्डले दुई गोल गर्‍यो । राहम स्टर्लिङले ७५औं मिनेटमा इंग्ल्याण्डलाई अग्रता दिलाए भने कप्तान ह्यारी केनले ८६औं मिनेटमा गोल गर्दै जित सुनिश्चित गरे ।

जर्मनीको हारपछि ग्रुप अफ डेथमा रहेका सबै टिम युरो २०२० बाट बाहिरिएका छन् । साविक विजेता पोर्चुगल र फ्रान्स अन्तिम १६ बाटै बाहिरिसकेका छन् ।

स्विडेन १-२ युक्रेन

त्यसैगरी हिजै भएको अर्को खेलमा अतिरिक्त समयको अन्तिम क्षणमा गोल गर्दै युक्रेनले स्विडेन विरुद्ध २-१ को जित हात पार्दै युरो कप २०२० को क्वाटरफाईनलमा प्रवेश गरेको छ ।

युक्रेनका लागी ओलेक्जेन्डर जिन्चेन्कोले २७ औँ मिनेटमा गोल गर्दै खेलमा अग्रता दिलाए भने ४३ औँ मिनेटमा गोल गर्दै स्विडेनका एमिल फोर्स्बर्गले खेललाई बराबरीमा ल्याए ।

९९ औँ मिनेटमा मार्कस ड्यानिएल्सनले रातो कार्ड पाएपछी स्विडेन १० खेलाडिमा सिमित हुन पुग्यो । १२ अतिरिक्त खेलाडी प्रयोग गरिएको खेलको अन्तिम समयमा अर्थात १२० औँ मिनेटमा गोल गर्दै युक्रेनका अतिरिक्त खेलाडी डभ्बिकले जित युक्रेनको पक्षमा पारे ।

अब सेमिफाईनलमा आफ्नो स्थान पक्का गर्न इंग्ल्याण्ड र युक्रेन एक अर्का विरुद्ध मैदानमा उत्रनेछन् ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome