सोमबार, १३ मंसिर २०७८
सोमबार, १३ मंसिर २०७८

IT Training Nepal

थप २,८९२ जनामा कोरोना पुष्टि, ४१ जनाको मृत्यु, ३,५९७ डिस्चार्ज

१६ असार, २०७८ १६:५३ मा प्रकाशित

295 पटक पढिएको

corona positive

काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर थप २ हजार ८९२ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसहित नेपालमा कुल कोरोना संक्रमितको संख्या ६ लाख ३९ हजार ८०८ पुगेको छ।

यस्तै पछिल्लो २४ घण्टामा थप ३ हजार ५९७ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। यो सहित नेपालमा कोरोना जित्ने संख्या ५ लाख ९६ हजार १३२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाबाट थप ४१ जनाको मृत्यु भएको छ। योसहित नेपालमा अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ११२ रहेको छ।

पछिल्ला दिनमा नेपालमा कोरोना संक्रमण नियन्त्रित देखिएपछी सरकारले उपत्यकासहित विभिन्न जिल्लामा रोकथाम तथा नियन्त्रणका लागि जारी गरेको निषेधाज्ञा केही हदसम्म खुकुलो बनाउँदै लगेको छ।

१७ जिल्लामा ५ सय बढी कोरोनाका सक्रिय संक्रमित रहेका छन्। कोरोनाको जोखिम कायम रहेकाले अनिवार्य रुपमा स्वास्थ्यका मापदण्ड पालना गर्न मन्त्रालयले अनुरोध गरेको छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome