सोमबार, १३ मंसिर २०७८
सोमबार, १३ मंसिर २०७८

IT Training Nepal

गोरखामा बाढीले चार घर बगायो

१८ असार, २०७८ ०८:१३ मा प्रकाशित

628 पटक पढिएको

flood in palungtar gorkha

गोरखा – अविरल वर्षापछि आएको बिर्दी खोलाको बाढीले गोरखाको पालुङटार नगरपालिका ९ बिर्दीको चार घर घर बगाएको छ। १० परिवार विस्थापित भएका छन् भने एक परिवार बिहीबार बिहानैदेखि स्थानीय खारखोलाको बाढीमा फसेको छ। बाढीले घरको चारैतर्फ घेरेपछि स्थानीय झलक अधिकारीको परिवार बिहीबार बिहानैदेखि बाढीको बीचमा फसेको स्थानीय ज्ञानबहादुर श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार खोलाको बाढीले धार परिवर्तन गरेर बिर्दी बजारतिर आएर घरलाई बीचमा पारेको छ । झलकबहादुर अधिकारीको ७० वर्षीया आमा र तीन नातिनातिनी भेलको बीचमा फसेको श्रेष्ठले बताए । उनका अनुसार दुई जनाको भने डोरीको सहायताले सकुशल उद्धार गरिएको छ ।

वृद्धा र बालबालिकालाई उद्धार गर्न नसकिएको उनले बताए । साथै स्थानीय चुक्तीखोलाको बाढीले पालुङ्टार नगरपालिका ९ छबीसेको विमल थापाको घर बगाएको छ । राति सुतिरहेका बेला घर बगाए पनि मान्छे भने भागेर सुरक्षित स्थलतर्फ गएकाले मानवीय क्षति नभएको स्थानीय चक्रबहादुर लामाले जानकारी दिए ।

सेरा बजारको हरि सेढाइँ र मानबहादुर लामाको घर पनि खोलाले बगाएको उनले बताए । साथै सोही खोलाको बाढीको उच्च जोखिम बढेपछि ढुङ्गेटारीका छ घर विस्थापित भएका छन् । खोला घर छेउमै आएपुगेपछि स्थानीय राकेश परियार, चन्द्रबहादुर गुरुङ, अनील गुरुङ, बाबुकाजी गुरुङ, द्रौपदी गुरुङ र दीपा गुरुङको परिवार विस्थापित भएका श्रेष्ठले बताए ।

उनीहरुलाई बिहीबार बिहानै सुरक्षित स्थानमा स्थानान्तरण गरिएको उनले बताए । उनीहरु घरबाट सामान सबै निकालेर आफन्तको घरमा शरण लिन गएका श्रेष्ठले बताए । उद्वारका लागि रातामाटे चौकीका प्रहरी र सदरमुकामबाट थप प्रहरी र सेनाको टोली आइरहेको जानकारी पाएको श्रेष्ठले बताए ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome