शुक्रबार, १७ मंसिर २०७८
शुक्रबार, १७ मंसिर २०७८

IT Training Nepal

कोरोनाको खोप ल्याउन विपक्षीले अवरोध गरे : प्रधानमन्त्री

१८ असार, २०७८ १७:१० मा प्रकाशित

741 पटक पढिएको

oli in press briefing

काठमाडौं – एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशबाट कोरोनाविरुद्धको खोप ल्याउन विपक्षीले अवरोध गरेको दाबी गरेका छन्। एमालेको केन्द्रीय कमिटी बैठकलाई शुक्रबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले खोप आउन नदिन विपक्षी गठबन्धनले लविङ गरेको आरोप लगाएका हुन्।

उनले विपक्षीले खोप रोक्न प्रयत्न गरेपनि पर्सीदेखि कोभिड-१९ विरुद्धको आवश्यक खोप आइपुग्ने जानकारी दिए । ओलीले नेताहरुले अहिले भ्याक्सिन नदेऊ, हाम्रो सरकार आएपछि दिनु भनेर लबिङ गरिरहेकोले केहि समस्या देखिएको बताए ।

‘भारतबाट कोभिड विरुद्धको खोप आउन नदिन विपक्षी गठबन्धनको लविङ छ।’ओलीको भनाइ उधृत गर्दै बैठकमा सहभागी एक नेताले भने,‘सरकारको लोकप्रियता बढ्छ भनेर यो सबै भइरहेको छ, राम्रो काम गर्दागर्दै पनि केही तत्व पार्टी फुटाउन लागेका छन्।’

उनले आफ्नो पार्टीको सरकार ढालेर विपक्षी दलको नेतालाई प्रधानमन्त्री बनाउन अराजनीतिक क्रियाकलाप भएको दाबी गरे। ओलीले वामपन्थी सरकार ढालेर दक्षिणपन्थी सरकार, आफ्नो सरकार ढालेर विपक्षी दलको सरकार बनाउन राष्ट्रपतिकहाँ एमालेकै नामका व्यक्तिहरू जानु लाजमर्दो भएको बताए।

पार्टीको नवौँ महाधिवेशनपछिको १३ औँ केन्द्रीय कमिटीको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाललगायत नेता अनुपस्थित रहेका छन् भने उपाध्यक्ष वामदेव गौतम बैठकमा उपस्थित भएका छन्। शुक्रबार एमालेको बैठक अगाडि बालुवाटार पुगेर माधव पक्षका नेताहरु गोकर्ण, सुरेन्द्र पाण्डे, विष्ट र भीम आचार्यले अध्यक्ष ओलीलाई भेट गरेका थिए। उनीहरुले माधव नेपालसँग कुरा गर्न आग्रह गरेका छन्। उनीहरुले अध्यक्ष ओलीलाई कार्यदललाई औपचारिक रुपमा क्रियाशील बनाउन सुझाव दिएको बताइएको छ।

ओली-नेपाल दुवै पक्षका दोस्रो पुस्ताका केही नेता एकता पहलमा लगातार बस्दै आएका छन्। २०७७ फागुन २८ मा गठन भएको दसौं महाधिवेशन आयोजक समिति बुधबार भंग भएपछि वरिष्ठ नेता माधवकुमार नेपाललगायत ११ माथि भएको कारबाही निस्प्रभावी भएको छ।

अन्तिम महाधिवेशन आयोजक समितिको बैठकले नेकपा एकताका बेला थपिएका र नेकपा भंग भएपछि रामबहादुर थापासहित माओवादी केन्द्र नगई एमालेमै बसेका नेतालाई केन्द्रीय कमिटी र स्थायी समितिमा थप गरेकोमा माधव पक्षले असहमति प्रकट गरेका छन्। यथास्थितिमा माधव पक्ष पार्टीका गतिविधिमा सहभागी नहुने भएको छ। तर, दुवै पक्ष एकताको नजिकमा आइपुगेका कुरा स्वीकार गर्छन्।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome