सोमबार, १३ मंसिर २०७८
सोमबार, १३ मंसिर २०७८

IT Training Nepal

सर्वोच्चमा बुझाएको हस्ताक्षर फिर्ता गर्न नेपाल समूहलाई सोमबारसम्मको अल्टिमेटम

१९ असार, २०७८ ०६:०५ मा प्रकाशित

474 पटक पढिएको

prime minister of nepal kp oli

काठमाडौं – नेकपा (एमाले)ले विपक्षी दलका नेतालाई प्रधानमन्त्री नियुक्त गर्न सर्वोच्च अदालतमा बुझाएको हस्ताक्षर फिर्ता गर्न वरिष्ठ नेता माधवकुमार नेपाल समूहलाई सोमबारसम्मको अल्टिमेटम दिएको छ।

विपक्षी नेतालाई प्रधानमन्त्री नियुक्त गराउन सर्वोच्च अदालतमा मुद्दाका पक्षधर बनेर प्रस्तुत हुने संविधान र पार्टीको विधान विपरित भएको ठहर गर्दै एमालेले हस्ताक्षर फिर्ता गर्न निर्देशन दिएको हो ।

त्यसरी हस्ताक्षर गर्ने पार्टीका निवर्तमान सांसदलाई शुक्रबार बसेको केन्द्रीय कमिटी बैठकले यस्तो निर्देशन दिएको हो । अनधिकृत हस्ताक्षरले वैधता स्थापित हुन नसक्ने र ती हस्ताक्षर मान्य नहुने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

एमालेले पार्टी नेतृत्वको सरकारलाई अपदस्थ गराएर विपक्षी नेतालाई प्रधानमन्त्री बनाउन पार्टीका कतिपय सांसद हस्ताक्षरसहित राष्ट्रपति समक्ष प्रस्तुत भएको छ । ती मध्ये केही सांसद् विपक्षी नेतालाई प्रधानमन्त्री बनाउन लागेको भन्दै यस्तो निर्देशन दिएको हो ।

‘आफ्नो पार्टी नेतृत्वको सरकारलाई अपदस्थ गराएर विपक्षी दलको नेतालाई प्रधानमन्त्री बनाउन हाम्रो पार्टीका कतिपय सांसदहरु हस्ताक्षरसहित राष्ट्रपति समक्ष प्रस्तुत हुनु र तीमध्ये केही विपक्षी दलका नेतालाई प्रधानमन्त्रीमा नियुक्ती गराउन सर्वोच्च अदालतमा मुद्दाका पक्षधर बनेर प्रस्तुत हुनु नेपालको संविधानको मर्म, भावना, लोकतान्त्रिक पद्धति र पार्टीको विधान विपरीत विषय हो’, विज्ञप्तिमा भनिएको छ, ‘तसर्थ यो बैठक त्यसरी हस्ताक्षर गर्ने पार्टीका निवर्तमान सांसदलाई आगामी सोमबार ५ बजेभित्र हस्ताक्षर फिर्ता लिन निर्देशन गर्दछ । यस्ता अनधिकृत हस्ताक्षरको वैधता स्थापित हुन नसक्ने र यी हस्ताक्षरहरु मान्य हुन नसक्नेतर्फ पनि हाम्रो पार्टी सम्बद्ध सबैमा स्पष्ट पार्न चाहन्छ ।’


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome