शुक्रबार, १० मंसिर २०७८
शुक्रबार, १० मंसिर २०७८

IT Training Nepal

बेल्जियमलाई हराउँदै इटाली अब सेमिफाइनलमा स्पेनविरुद्ध भिड्दै

१९ असार, २०७८ ०६:२४ मा प्रकाशित

319 पटक पढिएको

italy in euro cup 2020

काठमाडौं – जारी युरोकप २०२० अन्तर्गत गए राती भएको खेलमा स्विट्जर्ल्याण्ड विरुद्ध स्पेन र बेल्जियमविरुद्द इटाली जित हात पार्दै फाइनलका लागी एक अर्का विरुद्ध भिड्ने भएका छन् ।

हिजो राती भएको पहिलो खेलमा स्विट्जर्ल्याण्डलाई पेनाल्टीमा ३-१ ले हराउँदै स्पेनले सेमिफाइनलमा आफ्नो स्थान पक्का गर्‍यो ।

खेलको ८ औँ मिनेटमा जोर्डी अल्बाको शट स्विट्जर्ल्याण्डका जाकारीयासँग ठोक्किँदै गोलमा परिणत भएपछी स्पेनले खेलमा १-० को अग्रता हात पार्‍यो । स्विट्जर्ल्याण्डका लागी जेर्दान शाकीरीले खेलको ६८ औँ मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याए । ७७ औँ मिनेटमा फ्रेउलरले रातो कार्ड खाएपछी १० खेलाडीमा सिमित भएको स्विट्जर्ल्याण्डले निर्धारित ९० मिनेटको बाँकी समयका साथै अतिरिक्त ३० मिनेट खेललाई बराबरीमै रोक्यो र खेल टाइब्रेकरमा पुग्यो ।

टाइब्रेकरमा २ पेनाल्टी चुकाएपनी स्विट्जर्ल्याण्डले फाइदा उठाउन नसक्दा स्पेन ३-१ ले विजयी हुँदै सेमिफाइनलमा पुग्न सफल भयो ।

बेल्जियम १-२ इटाली

त्यसैगरी हिजै भएको अर्को खेलमा विश्ववरियतामा शिर्ष स्थानमा रहेको बेल्जियमलाई २-१ ले हराउँदै इटाली युरोकप २०२० को सेमिफाइनलमा पुग्न सफल भएको छ ।

थोरै गोल भएपनी मनोरञ्जनात्मक रुपमा उत्कृष्ट रहेको खेलको ३१ औँ मिनेटमा इटालीका निकोलो बरेला बेल्जियमका ३ डिफेन्डरलाई छलाउँदै गोल गर्न सफल भए र इटाली १-० ले अग्रता लिना सफल भयो ।

आफ्ना अन्तिम १३ खेलमा लगातार जित हात पारेको र पछील्लो ३२ खेल नहारेको इटालीका लागी लोरेन्जो इन्सिग्नेले ४४ औँ मिनेटमा मैदानको मध्य भागबाट बल लिएर गएर आफैँले प्रतियोगिताकै एक उत्कृष्ट गोल गर्दै खेललाई २-० को अन्तर दिलाए । । पहिलो हाफको अतिरिक्त समयमा पेनाल्टीमार्फत गोल गर्दै बेल्जियमका रोमेलु लुकाकुले खेललाई २-१ को अन्तरमा ल्याएपनि खेलको दोश्रो हाफमा कुनै पनि गोल हुन नसक्दा खेल इटालीकै पक्षमा गयो ।

फाइनलमा आफ्नो स्थान पक्का गर्न अब इटाली र स्पेन सेमिफाइनलमा एक अर्का विरुद्ध भिड्ने छन् भने क्वाटरफाइनलका बाँकी दुई खेलमा आज चेक रिपब्लिक विरुद्ध डेनमार्क र युक्रेन विरुद्ध ईङ्ल्याण्ड भिड्दछन् ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome