सोमबार, १३ मंसिर २०७८
सोमबार, १३ मंसिर २०७८

IT Training Nepal

इंग्ल्याण्ड र डेनमार्क युरोकपको सेमिफाइनलमा

२० असार, २०७८ ०८:०५ मा प्रकाशित

718 पटक पढिएको

england reaches euro cup 2020 semifinals

काठमाडौं – युक्रेन र चेक रिपब्लिकलाई पराजित गर्दै इंग्ल्याण्ड र डेनमार्क क्रमश: २५ र २९ वर्षपछि युरोकपको सेमिफाइनलमा प्रवेश गरेका छन् । योसँगै युरोकप २०२० को सेमिफाइनल समीकरण पूरा भएको छ ।

जारी युरोकप-२०२० अन्तर्गत हिजो भएको क्वाटरफाइनलको पहिलो खेलमा चेक रिपब्लिकलाई २-१ ले पराजित गर्दै डेनमार्कले अन्तिम चारमा स्थान बनाएको हो ।

अजरवैजानस्थित बाकु मैदानमा भएको खेलमा डेनमार्का लागि थोमस डिलाने र क्यास्पर डलबर्गले पहिलो हाफमा गोल गरे । चेकका लागि प्याट्रिक सिकले एक गोल फर्काए ।

खेलको पाँचौ मिनेटमै थोमस डिलेनेले गोल गर्दै डेनमार्कलाई अग्रता दिलाए । जेन्स स्ट्रराइर लार्सनको कर्नमार पेनाल्टीमा अनमार्क रहेका डिलानेले गोल गरेका थिए ।

४२औं मिनेटमा क्यास्पर डलबर्गले गोल गर्दै डेनमार्कको अग्रता दोब्बर पारे । योकि माहलेको पासमा डोलबर्गले गोल गरेका हुन् । जारी युरोकपमा डलबर्गको यो तेस्रो गोल हो ।

पहिलो हाफमा दुई गोलले पछि परे पनि दोस्रो हाफमा चेकले सुरुआतदेखि नै डेनमार्कमाथि दबाब बनाउन थाल्यो । र ४९औं मिनेटमा चेकका प्याट्रिक सिकले गोल गरे । उनले भ्लादिमिर काउफलको पासमा गोल गरेका थिए ।

यस गोलपछि सिकले पोर्चुगलका क्रिस्टियानो रोनाल्डो समान ५ गोल गरेका छन् । रोनाल्डोले एक असिस्टसमेत गरेकोले रोनाल्डोले गोल्डेन बुट होडमा अगाडि छन् ।

त्यसपछि भने खेलमा गोल हुन सकेन र डेनमार्क सन् १९९२ मा उपाधि जितेपछि पहिलो पटक सेमिफाइनल पुगेको हो ।

त्यसैगरी हिजो भएको क्वाटरफाइनलको दोश्रो खेलमा युक्रेनलाई ४-० ले सहजै पराजित गर्दै इंग्ल्याण्ड अन्तिम चारमा पुगेको छ ।

सन १९९६ मा पछील्लो पटक इंग्ल्याण्डले युरोकपको सेमिफाइनल खेलेको थियो । त्यो बेला जर्मनीसँग पेनाल्टीमा पराजित भएको इंग्ल्याण्डले साढे दशक दशकपछि पेरि सेमिफाइनलमा स्थान बनायो ।

रोममा भएको खेलमा इंग्ल्याण्डलाई जित दलाउन कप्तान ह्यारी केनले २ तथा ह्यारी मगुएर र जोर्डन हेन्डरसनले एक/एक गोल गरे ।

खेलको चौथो मिनेटमै केनले गोल गर्दै इंग्ल्याण्डाई अग्रता दिलाएका थिए । पहिलो हाफमा त्यही अग्रता कायम राखेको इंग्ल्याण्डले दोस्रो हाफमा तीन गोल गर्‍यो । ४६औं मिनेटमा मगुएरले गोल गर्दै अग्रता दोब्बर पारे । केनले ५०औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे भने हेन्डरसनले ६३औं मिनेटमा गोल गरे ।

पहिलो पटक क्वाटरफाइनल पुगेको युक्रेनको यात्रा भने त्योभन्दा अघि बढ्न सकेन ।

इंग्ल्याण्डले अब फाइनल प्रवेशका लागि डेनमार्कसँग खेल्नेछ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome