बुधबार, २२ मंसिर २०७८
बुधबार, २२ मंसिर २०७८

IT Training Nepal

आमिर खान र किरण रावले गरे सम्बन्ध विच्छेद

२० असार, २०७८ १६:४६ मा प्रकाशित

812 पटक पढिएको

amir khan and kiran rao divorced

काठमाडौं – बलिउड अभिनेता आमिर खान र उनकी पत्नी किरण रावले सम्बन्ध विच्छेद गरेका छन्। आमिर खान र किरण रावले आफ्नो सम्बन्ध विच्छेदको खबर साझा गर्दै एक जोइन्ट स्टेटमेन्ट जारी गरेका हुन्। आमिर र किरणको सम्बन्ध विच्छेदको समाचार उनका प्रशंसकहरूका लागि धेरै हैरान पार्ने खालको बताइएको छ।

आमिर र किरण १५ बर्ष अघि विवाह बन्धनमा बाँधिएका थिए । फिल्म आलोचक तरण आदर्शले आमिर र किरणको साझा बयान सोशल मिडियामामार्फत सार्वजनिक गरेका छन् । जसमा लेखिएको छ, ‘यस १५ बर्षको एकजुटतामा, हामीले जीवनका अनुभवहरू साझा गरेका छौं, खुशी छौं, हाँसेका छौं र हाम्रो सम्बन्ध केवल विश्वास, सम्मान र प्रेममा अघि बढेको थियो । अब हामी हाम्रो जीवनको नयाँ अध्याय सुरू गर्न लागेका छौँ । अब हामी पति र पत्नीको रूपमा होइन तर सह-अभिभावक र एक अर्काको परिवारको रूपमा बाँच्नेछौं। हामीले केहि समय पहिले नै अलग हुने निर्णय गरेका थियौं र अब हामी अलग भएका छौं’ ।

किरण राव बलिउड स्टार आमिरका दोस्रो पत्नी हुन् । ५६ वर्षीय आमिर खानले २००५ मा किरण रावसँग विवाह गरेका थिए । आमिरले यसभन्दा पहिले सन् १९८६ मा रीना दत्तासँग विवाह गरेका थिए। आमिर र रीनाका दुई छोरा, जुनैद र आइरा खान छन्। २००२ मा आमिर र रीनाको सम्बन्धविच्छेद भएको थियो ।

आमिर खान अब उनको आगामी फिल्म ‘लाल सिंह चड्ढा’ मा देखा पर्नेछन् जुन यस वर्ष क्रिसमसमा रिलीज हुने बताइएको छ ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome