सोमबार, १३ मंसिर २०७८
सोमबार, १३ मंसिर २०७८

IT Training Nepal

उपत्यकामा ४६१ जनासहित देशभर थप १,६०३ जनामा कोरोना पुष्टि, २७ जनाको मृत्यु, २,५५२ डिस्चार्ज

२० असार, २०७८ १६:५५ मा प्रकाशित

292 पटक पढिएको

corona positive

काठमाडौं – पछिल्लो २४ घण्टामा उपत्यकामा काठमाडौं ४६१ जनासहित देशभर थप १ हजार ६०३ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । काठमाडौं उपत्यकाभित्र काठमाडौंमा ३४२ जना, भक्तपुरमा ३१ जना र ललितपुरमा ८८ जना गरी ४६१ जना संक्रमित थपिएका हुन् । योसहित नेपालमा कुल कोरोना संक्रमितको संख्या ६ लाख ४५ हजार १८३ पुगेको छ।

यस्तै पछिल्लो २४ घण्टामा थप २ हजार ५५२ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। यो सहित नेपालमा कोरोना जित्ने संख्या ६ लाख ९ हजार २१८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

देशभर २६ हजार १७९ जना सक्रीय संक्रमित रहेका छन् । २ हजार ९५१ जना संस्थागत आइशोलेसनमा रहेका छन् भने २३ हजार २२८ जना होम आइशोलेसनमा रहेका छन् । ६०८ जना आईसियुमा १८१ जना भेन्टिलेटरमा उपचारारत छन् ।

पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाबाट थप २७ जनाको मृत्यु भएको छ। योसहित नेपालमा अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार २२५ रहेको छ।

पछिल्ला दिनमा नेपालमा कोरोना संक्रमण नियन्त्रित देखिएपछी सरकारले उपत्यकासहित विभिन्न जिल्लामा रोकथाम तथा नियन्त्रणका लागि जारी गरेको निषेधाज्ञा केही हदसम्म खुकुलो बनाउँदै लगेको छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome