बुधबार, २१ श्रावण २०७७
बुधबार, २१ श्रावण २०७७

IT Training Nepal

उपत्यकामा ३८ सहित थप २२४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १९,७७१ पुग्यो

१६ श्रावण, २०७७ १६:४२ मा प्रकाशित

736 Views पटक पढिएको

ministry of health and population nepal

काठमाडौं – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३८ सहित थप २२४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

काठमाडौंका ३२,ललितपुरका ५ र भक्तपुरका १ जना गरी ३८ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले पुष्टि गरेको हो। बिहीबार मात्र काठमाडौंका ४१, भक्तपुरका २ र ललितपुरका २ जना गरी ४५ जनामा कोरोनासंक्रमण देखिएको थियो। समुदायमा बढी घुलमिल भएर बस्ने समूहमा कोरोना संक्रमण बढ्दै गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कुल संक्रमितको संख्या १९ हजार ७७१ पुगेको छ । संक्रिय संक्रमितको संख्याको संख्या पाँच हजार तीन सय १६ छ। बिहीबार २७४, बुधबार २१०, मंगलबार ३५३, सोमबार १३९ जनामा कोरोना संक्रमण देखिएको थियो।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १५१ डिस्चार्ज भएका छन् । कुल डिस्चार्ज हुनेको संख्या भने १४ हजार तीन सय ९९ पुगेको छ । डिस्चार्ज प्रतिशत ७२ दशमलव ८ भएको प्रवक्ता गौतमले जानकारी दिए । अहिले क्वारेन्टाइनमा १२ हजार एक सय ११ जना रहेका छन् ।

मास्क प्रयोग नगर्ने दुई लाखलाई कारबाही भएको छ । वीरगन्ज आठ चिकित्सकसहित २८ जना स्वास्थ्यकर्मी संक्रमित भएका छान् । मन्त्रालयका अनुसार नेपालमा पाँच सय बढी संक्रमित हुने जिल्ला रौतहट र कैलाली हुन् । अहिले कोरोना संक्रमण शून्य हुने जिल्लाको संख्या भने ६ पुगेको छ । प्रवक्ता गौतमका अनुसार भोजपुर, संखुवासभा, रसुवा, काभ्रे, मनाङ र मुस्ताङमा कोरोना संक्रमण शून्यमा झरेको हो ।

कोरोना भाइरसका कारण थप ४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्त्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप ४ जनाको कोरोनाका कारण मृत्यु भएको पुष्टि गरेका हुन् । 

प्रवक्क्ता गौतमका अनुसार मृत्यु हुनेमा विरगञ्जका ५६, ३५, ६५ वर्षिया पुरुष र ललितपुरकी ६५ वर्षिया महिला रहेका छन् । 

योसंगै नेपालमा कोरोना भाइरसका कारण मृतयु हुनेको संख्या ५६ पुगेको छ ।  


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome