आईतवार, २ माघ २०७८
आईतवार, २ माघ २०७८

IT Training Nepal

ठमेलमा होटल खोलेर जुवा खेलाउने वन्यजस्तु तस्करीमा समेत संलग्न चार चिनियाँ पक्राउ

२२ असार, २०७८ १६:२४ मा प्रकाशित

889 पटक पढिएको

chinese arrested from thamel

काठमाडौं – महानगरिय प्रहरी परिसर काठमाडौंले ठमेलमा जुवातास खेलाउने चार जना चिनियाँ नागरिकलाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौंको बालुवाटार बस्ने बर्ष ३१ का चिनियाँ नागरिक झाउ पिनियुचेङ्ग, थहिटी बस्ने बर्ष ३४ का म जिनिङ्गबिन, सोही स्थान बस्ने बर्ष ३१ का नियु युलियाङ्ग, बर्ष २८ का पिङ्ग हुइ रहेका छन् ।

काठमाडौं महानगरपालिका १७ स्थित थहिटी क्वाबहालमा होटल नै सञ्चालन गरेर जुवातासको धन्दा चलाउने चिनियाँ नागरिकलाई ८ लाख ८९ हजार नेपाली रुपैयाँसहित महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको महानगरिय प्रहरी परिसर काठमाडौंका प्रमुख अशोक सिंहले बताउनुभयो ।

मंगलवार परिसरमा आयोजित पत्रकार सम्मेलनमा प्रहरी परिसर काठमाडौंका प्रमुख अशोक सिंहले महानगरिय प्रहरी वृत्त लैनचौर प्रमुख दुर्गा प्रसाद दाहालको नेतृत्वको टोलिले ज्याठाबाट सोमबार राती साँढे १० बजे ४ जना चिनियाँ नागरिकलाई पक्राउ गरिएको बताउनु भयो।

सिंहका अनुसार पक्राउ परेका चिनियाँले आफ्नै होटल खोलेर इलेक्ट्रोनिक जुवा खेलाउँदै आएका थिए। ‘एक जना चिनियाँले होटल खोलेर चाइनिज प्रविधिको इलेक्ट्रोनिक जुवा खेलाउँदै आएका रहेको उनिहरुको साथबाट माजुङ भन्ने प्लास्टिकको गोटी र विद्युतीय टेबल फेला परेको थियो ।

प्रहरीले उनीहरुबाट दुर्लभ बाघको छाला १ थान, कस्तुरीको विना २० थान, बुद्धचित्त ९ सय थान र रुद्राक्ष २ सय केजी समेत बरामद गरेको छ।

उनीहरुले कहिले होटल सञ्चालन गरेको र कहिलेदेखि जुवा खेलाउन थालेको भन्नेबारे थप अनुसन्धान भइरहेको प्रमुख अशिक सिंहले जानकारी दिनुभयो ।

weapons and wildlife
tiger skin
ashok singh

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome