आईतवार, २ माघ २०७८
आईतवार, २ माघ २०७८

IT Training Nepal

थप २,६३४ जनामा कोरोना पुष्टि, १५ जनाको मृत्यु, १,५६५ डिस्चार्ज

२२ असार, २०७८ १६:५४ मा प्रकाशित

578 पटक पढिएको

corona positive

काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर थप २ हजार ६३४ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसहित नेपालमा कुल कोरोना संक्रमितको संख्या ६ लाख ४८ हजार ८५ पुगेको छ।

यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार ५६५ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। यो सहित नेपालमा कोरोना जित्ने संख्या ६ लाख १२ हजार ९९४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

देशभर २५ हजार ८२५ जना सक्रीय संक्रमित रहेका छन् । २ हजार ८५९ जना संस्थागत आइशोलेसनमा रहेका छन् भने २२ हजार ९६९ जना होम आइशोलेसनमा रहेका छन् । ५६७ जना आईसियुमा १७१ जना भेन्टिलेटरमा उपचारारत छन् ।

पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाबाट थप १५ जनाको मृत्यु भएको छ। योसहित नेपालमा अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार २६३ रहेको छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome