शुक्रबार, १० मंसिर २०७८
शुक्रबार, १० मंसिर २०७८

IT Training Nepal

थप २,०७७ जनामा कोरोना पुष्टि, २८ जनाको मृत्यु, १,३३३ डिस्चार्ज

२३ असार, २०७८ १६:५७ मा प्रकाशित

622 पटक पढिएको

corona positive

काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर थप २ हजार ७७ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसहित नेपालमा कुल कोरोना संक्रमितको संख्या ६ लाख ५० हजार १६२ पुगेको छ।

यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार ३३३ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। यो सहित नेपालमा कोरोना जित्ने संख्या ६ लाख १४ हजार ३२७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

देशभर २६ हजार ५४४ जना सक्रीय संक्रमित रहेका छन् । २ हजार ७८८ जना संस्थागत आइशोलेसनमा रहेका छन् भने २३ हजार ७६६ जना होम आइशोलेसनमा रहेका छन् । ५७१ जना आईसियुमा १६१ जना भेन्टिलेटरमा उपचारारत छन् । ३२३ जना क्वारेन्टाईनमा रहेका छन् ।

पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाबाट थप २८ जनाको मृत्यु भएको छ। योसहित नेपालमा अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार २९१ रहेको छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome