बिहीबार, २१ श्रावण २०७८
बिहीबार, २१ श्रावण २०७८

IT Training Nepal

इंग्ल्याण्ड युरोकपको फाइनलमा

२४ असार, २०७८ ०७:१३ मा प्रकाशित

771 पटक पढिएको

england reaches euro cup 2020 semifinals

काठमाडौं – डेनमार्कलाई पराजित गर्दै इंग्ल्याण्ड पहिलो पटक युरोकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । युरोकप २०२० अन्तर्गत दोस्रो सेमिफाइनलमा डेनमार्कलाई अतिरिक्त समयमा २-१ ले पराजित गर्दै इंग्ल्याण्ड फाइनल पुगेको हो।

ठूलो प्रतियोगितामा इंग्ल्याण्ड ५५ वर्षपछि पहिलो पटक फाइनल पुगेको हो । यसअघि सन् १९६६ को विश्वकपमा इंग्ल्याण्डले फाइनल पुग्दै उपाधि जितेको थियो ।

इंग्ल्याण्डले अब उपाधिका लागि इटलीसँग आइतबार फाइनल खेल्नेछ ।

वेम्वलीमा बुधबार राति भएको खेलमा इंग्ल्याण्डले एक गोलले पछि परेको स्थिति उल्टाउँदै डेनमार्कविरुद्ध पुनरागमन जित हात पारेको हो ।

कप्तान ह्यारी केनले १०४ औं मिनेटमा विजयी गोल गरे ।

त्यसअघि निर्धारित ९० मिनेटको खेल १-१ को बराबीमा सकिएपछि ३० मिनेटको अतिरिक्त समयम थप गरिएको थियो ।

खेलको ३० औं मिनेटमा मिकेल डाम्सगार्डले फ्रिकिकमा गोल गर्दै डेनमार्कलाई अग्रता दिलाएका थिए । पहिले गोल गरेपछि डेनमार्कले अग्रतालाई कायम राख्न सकेन ।

३९ औं मिनेटमा इंग्ल्याण्डले आत्मघाती गोल मद्दतमा खेल बराबरी गर्‍यो । इंग्ल्याण्डका बुकाय साकोको क्रस क्लियर गर्ने क्रममा डेनमार्कका कप्तान सिमोन केयरले आफ्नै पोष्टमा गोल गरे ।

९० मिनेटको खेल बराबरी भएपछि अतिरिक्त समयमा केनले विजयी गोल गरे ।

१०४औं मिनेटमा इंग्ल्याण्डले पेनाल्टी पाएको थियो । केनको पेनाल्टी प्रहार डेनिस गोलकिपर क्यासपर स्माइकल्से बचाएका थिए तर रिबाउण्डमा केनले गोल गरे ।

पहिलो पटक फाइनल पुगेको इंग्ल्याण्डले उपाधिका लागि आइतबार इटलीसँग खेल्नेछ ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome