शुक्रबार, १७ मंसिर २०७८
शुक्रबार, १७ मंसिर २०७८

IT Training Nepal

बाढीपहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध

२४ असार, २०७८ १८:०१ मा प्रकाशित

216 पटक पढिएको

mid hill highway blocked by flood and landslide

कुश्मा – लगातारको वर्षाका कारण ठाउँठाउँमा आएको बाढी र पहिरोले मध्यपहाडी लोकमार्गको पर्वत खण्ड बुधबार रातिदेखि अवरुद्ध भएको छ। पर्वतको कुश्मा नगरपालिका ८ को सुन्दरेखोलामा बाढी, वडा नं. ४ को छमर्केमा पहिरो र गिलमेरी खोलामा आएको बाढीका कारण सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

अत्याधिक वर्षा भइरहेका कारण तत्काल सडक खुलाउन समस्या भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिए । उनका अनुसार स्काभेटर र सुरक्षा निकाय तैनाथी अवस्थामा रहेपनि वर्षा नरोकिएका कारण सडक खुलाउन नसकिएको हो । वर्षा रोकिएलगत्तै सडक खुलाउन पहल गरिने अधिकारीले जानकारी दिए ।

सडक अवरुछ हुँदा धौलागिरिका बागलुङ, म्याग्दी र मुस्ताङवाट पोखरा, काठमाडौंलगायतका ठाउँका लागि छुटेका सवारीसाधन पर्वतको नयाँपुलमा अलपत्र परेका छन् भने अन्यत्रबाट धौलागिरितर्फ आएका सवारीसाधन पर्वतको दोविल्लामा रोकिएका छन् । सडक अवरुद्ध हुँदा बिरामी समस्यामा परेका छन् ।

वर्षाका कारण दोविल्ला–फलेवासलगायत जिल्लाका अधिकांश ग्रामीण सडक समेत अवरुद्ध भएका छन् । पर्वतमा बुधबार रातिदेखि नै इन्टरनेट र टेलिफोन समेत अवरुद्ध भएकोमा केहिबेर अघिबाट सूचारु भएको हो।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome