सोमबार, १३ मंसिर २०७८
सोमबार, १३ मंसिर २०७८

IT Training Nepal

थप २,२३९ जनामा कोरोना पुष्टि, २० जनाको मृत्यु, १,३१६ डिस्चार्ज

२५ असार, २०७८ १८:२५ मा प्रकाशित

532 पटक पढिएको

corona positive

काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर थप २ हजार २३९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसहित नेपालमा कुल कोरोना संक्रमितको संख्या ६ लाख ५२ हजार ८५९ पुगेको छ।

यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार ३१६ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। यो सहित नेपालमा कोरोना जित्ने संख्या ६ लाख १६ हजार ९२९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

देशभर २६ हजार ५९० जना सक्रीय संक्रमित रहेका छन् । २ हजार ६७० जना संस्थागत आइशोलेसनमा रहेका छन् भने २३ हजार ९२० जना होम आइशोलेसनमा रहेका छन् । ५३९ जना आईसियुमा १६६ जना भेन्टिलेटरमा उपचारारत छन् ।

पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाबाट थप २० जनाको मृत्यु भएको छ। योसहित नेपालमा अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ३४० रहेको छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome