शुक्रबार, १० मंसिर २०७८
शुक्रबार, १० मंसिर २०७८

IT Training Nepal

चीनसँग खरिद गरेको ४० लाख भेरोसेल खोपमध्य ८ लाख डोज काठमाडौं आइपुग्यो

२६ असार, २०७८ ०७:२७ मा प्रकाशित

654 पटक पढिएको

vero cell vaccines in kathmandu airport

काठमाडौं – सरकारले चीनको सिनोफार्म कम्पनीबाट खरिद गरेको ८ लाख डोज भेरोसेल खोप शुक्रबार काठमाडौं आइपुगेको छ। उक्त कम्पनीसँग ४० लाख डोज खोप खरिदको सम्झौता भएको छ। जसमध्ये पहिलो खेपमा ८ लाख डोज ल्याइएको हो।स्वास्थ्य सेवा विभागअन्तर्गत खोप शाखा प्रमुख डा. झलक गौतमका अनुसार चीनबाट प्राप्त भएको खोपलाई तीनवटा प्रदेशमा पठाइएको छ। डा. गौतमले बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा पठाइएको बताए। भने, ‘खोप ढुवानी गर्ने रेफ्रिजेरेटर भ्यानबाट हेटौंडा, पोखरा र बुटवलस्थित प्रादेशिक भण्डारणमा पठाइसकेका छौं।’

जनसंख्याको अनुपातमा पठाइएको उक्त खोप कुन मितिदेखि कुन उमेर समूहलाई प्राथमिकता दिने विषयमा निर्णय भइनसकेको डा. गौतमले बताए। ‘कोभिड–१९ राष्ट्रिय खोप कार्ययोजनामा तोकिएको प्राथमिकता अनुरूप निर्णय हुन्छ। कति खोप प्राप्त हुन्छ। त्यसको आधारमा पनि कुन उमेर समूलाई प्राथमिकता दिने भन्ने कुराको निर्धारण गर्छ’, उनले भने।

यसअघि भारतबाट उपलब्ध गराइएको कोभिसिल्ड र चीनको भेरोसेल खोप लगाइएको थियो। ६२ वर्षभन्दा माथिल्लो उमेर समूहलाई उक्त खोप लगाइएकोमा अब ५० वर्ष नाघेका व्यक्तिले खोप पाउने सम्भावना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। अहिलसम्म ५५ वर्षमाथिका करिब १७ लाखलाई खोप लगाइसकेको स्वास्थ्य सेवा विभागले जनाएको छ।

खोप शाखा प्रमुख डा. गौतमले अहिले ५५ वर्ष नाघेका अधिकांशले खोप लगाइसकेकाले अब बाँकी रहेको उमेर समूहमा खोप लगाइने बताए। भने, ‘खोप आएमा त्योभन्दा तल्लो उमेर समूहमा पनि जान्छौं। विभिन्न मुलुकबाट आउने खोपबारे स्पष्ट भइसकेको छैन। भण्डारको तयारी गरिरहेका छौं। खोप आएको अवस्थामा लगाउन पनि सुरु गर्छौं।’


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome