सोमबार, १३ मंसिर २०७८
सोमबार, १३ मंसिर २०७८

IT Training Nepal

भारी वर्षापछी काठमाडौंका अधिकांश स्थान जलमग्न

२७ असार, २०७८ ०७:२३ मा प्रकाशित

524 पटक पढिएको

kathmandu merged under water

काठमाडौं – मनसुनी वायुको प्रभावले काठमाडौं उपत्यकासहित मुलुकका अधिकांश स्थानमा वर्षा भएको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभार सामान्यदेखि पूर्ण बदली रहनुका साथै सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

काठमाडौं उपत्यकामा शनिबार भारी वर्षा भएको हो। निरन्तरको वर्षाले काठमाडौंको अनामनगर, घट्टेकुलो, बिजुलीबजार, बबरमहललगायत क्षेत्रका सडक तथा होचा स्थान जलमग्न भएको छ। तीनकुने क्षेत्रमासमेत ढल निकास बन्द हुँदा केही समय डुबान भएकाे थियो ।

धोबीखोला करिडोर आसपास क्षेत्र डुबानमा परेको छ। भक्तपुरको हनुमन्ते खोलामा बाढी बढेको छ, मध्यपुरथिमिका कतिपय सडकमा पानी जमेको छ। मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणमा आज काठमाडौंमा ६९.४ मिलीमिटर वर्षा भएको छ।

राति देशभार सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिमका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ। आइतबार पनि देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिमका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ। आज काठमाडौंको अधिकतम तापक्रम २९.२ र न्यूनतम ताफक्रम २०.७ डिग्री सेल्सियस रहेको छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome