बिहीबार, २१ श्रावण २०७८
बिहीबार, २१ श्रावण २०७८

IT Training Nepal

ब्राजिललाई १-० ले हराउँदै अर्जेन्टिना कोपा अमेरिकाको उपाधी जित्न सफल

२७ असार, २०७८ ०७:४३ मा प्रकाशित

553 पटक पढिएको

Argentina beats Brazil 1-0, wins Copa America title

काठमाडौं – जारी कोपा अमेरिकाको फाइनल खेलमा ब्राजिललाई १-० ले हराउँदै अर्जेन्टिना उपाधी जित्न सफल भएको छ । खेलको एक मात्र गोल २२ औँ मिनेटमा अर्जेन्टिनाका डि मारियाले गरे । उनकै गोल खेलको निर्णायक गोल हुन पुग्यो ।

सुरुवाती समय देखी नै आक्रामक खेल पस्केको ब्राजिलाले कुनै पनि गोल गर्न सकेन । ५२ औँ मिनेटमा ब्राजिलका रिचार्लिसनले बललाई अर्जेन्टिनाको जाली चुमाएपनी उक्त गोल अफ्साइडका कारण रद्द भयो । खेलको अन्ततिर मेस्सीले गोल गर्ने राम्रो अवसर चुकाउँदा खेलमा अर्को गोल हुन सकेन ।

जितसँगै राष्ट्रीय टोलिबाट अहिलेसम्म कुनै उपाधी जित्न नसकेका अर्जेन्टिनाका स्टार खेलाडी लियोनेल मेस्सीको नाममा पनि एउटा अन्तराष्ट्रीय उपाधी दर्ता भएको छ ।

अर्जेन्टिनाका गोलरक्षक इमिलियानो मार्टिनेज कोपा अमेरिकाका उत्कृष्ट गोलरक्षकको उपाधी जित्न सफल भए भने मेस्सी प्रतियोगिताका उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ता समेत घोषित भए ।

त्यसैगरी डि मारिया फाइनल खेलको उत्कृष्ट खेलाडी बने ।

कोलम्बिया ३-२ पेरु

त्यसैगरी जारी कोपा अमेरिकाको तेश्रो स्थान पेरुलाई ३-२ ले हराउँदै कोलम्बियाले आफ्नो बनाएको छ । हिजो भएको खेलमा कोलम्बियाले पेरुलाई ३-२ ले हराएको हो ।

खेलको पहिलो गोल ४५ औँ मिनेटमा पेरुका योशिमार योतुनले गरे भने जवाफमा कोलम्बियाका क्वाड्रेडोले ४९ औँ मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याए । लुइस दियाजले ६६ औँ मिनेटमा अर्को गोल गर्दै कोलम्बियालाई २-१ को अग्रता दिलाए भने ८२ औँ मिनेटमा गोल गर्दै पेरुका लापाडुलाले पुन: खेललाई २-२ को बराबरीमा ल्याए । खेलको अन्तिम समयमा पुन: गोल गर्दै लुइस दियाजले कोलम्बियालाई तेश्रो स्थान दिलाए ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome