सोमबार, १३ मंसिर २०७८
सोमबार, १३ मंसिर २०७८

IT Training Nepal

थप १,८३१ जनामा कोरोना पुष्टि, २० जनाको मृत्यु, १,५३३ डिस्चार्ज

२७ असार, २०७८ १६:३७ मा प्रकाशित

576 पटक पढिएको

corona positive

काठमाडौं – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३९१ सहित देशभर थप १ हजार ८३१ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । काठमाडौं उपत्यकाभित्र काठमाडौंमा २६३ जना, ललितपुरमा ९७ जना र भक्तपुरमा ३१ जनामा कोरोना संक्रमण पुष्टी भएको हो । योसहित नेपालमा कुल कोरोना संक्रमितको संख्या ६ लाख ९९ हजार ८८ पुगेको छ।

यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार ५३३ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। यो सहित नेपालमा कोरोना जित्ने संख्या ६ लाख १९ हजार ८९४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

देशभर २६ हजार १७३ जना सक्रीय संक्रमित रहेका छन् । २ हजार ७०२ जना संस्थागत आइशोलेसनमा रहेका छन् भने २३ हजार ४७१ जना होम आइशोलेसनमा रहेका छन् । ५५३ जना आईसियुमा १७५ जना भेन्टिलेटरमा उपचारारत छन् । ३०४ जना क्वारेन्टाइनमा रहेका छन् ।

पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाबाट थप २० जनाको मृत्यु भएको छ। योसहित नेपालमा अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ३८२ रहेको छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome