आईतवार, २ माघ २०७८
आईतवार, २ माघ २०७८

IT Training Nepal

थप २,३७० जनामा कोरोना पुष्टि, १८ जनाको मृत्यु, १,१३३ डिस्चार्ज

२८ असार, २०७८ १६:५४ मा प्रकाशित

288 पटक पढिएको

corona positive

काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर थप २ हजार ३७० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसहित नेपालमा कुल कोरोना संक्रमितको संख्या ७ लाख १ हजार ४५८ पुगेको छ।

यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार १३३ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। यो सहित नेपालमा कोरोना जित्ने संख्या ६ लाख २१ हजार २७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

देशभर २६ हजार ७१२ जना सक्रीय संक्रमित रहेका छन् । २ हजार ७६५ जना संस्थागत आइशोलेसनमा रहेका छन् भने २३ हजार ९४७ जना होम आइशोलेसनमा रहेका छन् । ५४९ जना आईसियुमा १६३ जना भेन्टिलेटरमा उपचारारत छन् । २९९ जना क्वारेन्टाइनमा रहेका छन् ।

पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाबाट थप १८ जनाको मृत्यु भएको छ। योसहित नेपालमा अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ४०० रहेको छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome