सोमबार, १३ मंसिर २०७८
सोमबार, १३ मंसिर २०७८

IT Training Nepal

सरकारका कानूनी सल्लाहकार बडालले दिए राजीनामा

२९ असार, २०७८ १५:०७ मा प्रकाशित

471 पटक पढिएको

ramesh badal

काठमाडौं – सरकारका कानूनी सल्लाहकार रमेश बडालले पदबाट राजीनामा दिएका छन्। सर्वोच्च अदालतको फैसलासँगै नयाँ सरकार गठन हुन भएपछि महान्यायाधिवक्ताले प्रधानमन्त्रीमार्फत राष्ट्रपतिसमक्ष मंगलबार पदबाट राजीनामा बुझाएका हुन्।

बडालले भने, ‘मैले पदबाट राजीनामा दिएँ, प्रधानमन्त्रीलाई मैले राजीनामा बुझाएँ।’

सरकारको कानूनी सल्लाहकारका रुपमा गत चैत ८ गते नियुक्त भई उनले तीन महिना २१ दिन काम गरे। सर्वोच्च अदालतले विपक्षी गठबन्धनका नेता तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई दुई दिनभित्र प्रधानमन्त्री नियुक्त गर्न सोमबार परमादेश जारी गरेको थियो।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome