शुक्रबार, १० मंसिर २०७८
शुक्रबार, १० मंसिर २०७८

IT Training Nepal

थप २,३९८ जनामा कोरोना पुष्टि, १२ जनाको मृत्यु, २,०७८ डिस्चार्ज

२९ असार, २०७८ १६:१५ मा प्रकाशित

558 पटक पढिएको

corona positive

काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर थप २ हजार ३९८ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसहित नेपालमा कुल कोरोना संक्रमितको संख्या ७ लाख ३ हजार ८५६ पुगेको छ।

यस्तै पछिल्लो २४ घण्टामा थप २ हजार ७८ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। यो सहित नेपालमा कोरोना जित्ने संख्या ६ लाख २३ हजार १०५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

देशभर २६ हजार २६१ जना सक्रीय संक्रमित रहेका छन् । २ हजार ७२२ जना संस्थागत आइशोलेसनमा रहेका छन् भने २३ हजार ५३९ जना होम आइशोलेसनमा रहेका छन् । ५८६ जना आईसियुमा १८२ जना भेन्टिलेटरमा उपचारारत छन् । २९९ जना क्वारेन्टाइनमा रहेका छन् ।

पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाबाट थप १२ जनाको मृत्यु भएको छ। योसहित नेपालमा अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ४१२ रहेको छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome