सोमबार, १३ मंसिर २०७८
सोमबार, १३ मंसिर २०७८

IT Training Nepal

थप २,६७६ जनामा कोरोना पुष्टि, ३३ जनाको मृत्यु, १,७५७ डिस्चार्ज

३१ असार, २०७८ १८:१० मा प्रकाशित

974 पटक पढिएको

corona positive

काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर थप २ हजार ६७६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसहित नेपालमा कुल कोरोना संक्रमितको संख्या ७ लाख ९ हजार ४३७ पुगेको छ।

यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार ७५७ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। यो सहित नेपालमा कोरोना जित्ने संख्या ६ लाख २६ हजार ४६८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

देशभर २६ हजार ६३८ जना सक्रीय संक्रमित रहेका छन् । २ हजार ६१४ जना संस्थागत आइशोलेसनमा रहेका छन् भने २४ हजार २५ जना होम आइशोलेसनमा रहेका छन् । ६०२ जना आईसियुमा १७१ जना भेन्टिलेटरमा उपचारारत छन् ।

पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाबाट थप ३३ जनाको मृत्यु भएको छ। योसहित नेपालमा अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ४६३ रहेको छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome