शुक्रबार, १७ मंसिर २०७८
शुक्रबार, १७ मंसिर २०७८

IT Training Nepal

थप २,९३६ जनामा कोरोना पुष्टि, ४३ जनाको मृत्यु, १,७७५ डिस्चार्ज

१ श्रावण, २०७८ १६:३२ मा प्रकाशित

801 पटक पढिएको

corona positive

काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर थप २ हजार ९३६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसहित नेपालमा कुल कोरोना संक्रमितको संख्या ७ लाख १२ हजार ३७३ पुगेको छ।

यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार ७७५ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। यो सहित नेपालमा कोरोना जित्ने संख्या ६ लाख २८ हजार २४३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

देशभर २६ हजार ८२७ जना सक्रीय संक्रमित रहेका छन् । २ हजार ५५३ जना संस्थागत आइशोलेसनमा रहेका छन् भने २४ हजार २७४ जना होम आइशोलेसनमा रहेका छन् । ५७८ जना आईसियुमा १७४ जना भेन्टिलेटरमा उपचारारत छन् ।

पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाबाट थप ४३ जनाको मृत्यु भएको छ। योसहित नेपालमा अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ५०६ रहेको छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome