मंगलवार, १ असार २०७८
मंगलवार, १ असार २०७८

IT Training Nepal

१० हजार बराबरको नक्कली नोटसहित काठमाडौंबाट एक पक्राउ

१७ श्रावण, २०७७ ०७:५१ मा प्रकाशित

832 पटक पढिएको

arrested illustration

काठमाडौं – काठमाडौंको शान्तिनगरबाट नक्कली नोटसहित शुक्रबार एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा स्याङजाको चापाकोट नगरपालिका-५ घर भई काठमाडौं महानगरपालिका-३१ शान्तिनगरस्थित नोगेन्द्र कान्छा चोकमा स्टेशनरी पसल सञ्चालन गर्दै आइरहेका ३८ वर्षीय नारायण पौडेल रहेका छन् ।

महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरबाट खटिएको प्रहरी टोलीले नक्कली नोट फोटोकपी गर्दै गरेको अवस्थामा पौडेललाई नियन्त्रणमा लिएको प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक राजकुमार केसीले जानकारी दिए ।

उनको साथबाट नक्कली नोट प्रिन्ट गर्ने एक थान प्रिन्टर, सक्कली एक हजारको नोट र फोटोकपी गरी तयार पारिएका १० थान एक हजारको नक्कली नोट बरामद भएको केसीले बताए । पौडेललाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome