सोमबार, १३ मंसिर २०७८
सोमबार, १३ मंसिर २०७८

IT Training Nepal

देउवालाई विश्वासको मत दिन खनालको आह्वान

३ श्रावण, २०७८ १६:३८ मा प्रकाशित

322 पटक पढिएको

ncp uml politician jhalanath khanal

काठमाडौं – नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिन आह्वान गरेका छन्। नेता खनालले आइतबार देउवलाई विश्वासको मत दिन एमाले सांसदलाई आह्वान गरेका हुन्।

भारतमा उपचाररत खनालले आइतबार विज्ञप्ति सार्वजनिक गर्दै देउवलाई मत दिन आह्वान गरेका हुन्। ‘म नेकपा एमालेका संसदीय दलका सम्पूर्ण माननीय सदस्यलाई कुनै पनि प्रकारको अलमल र आक्रोशबाट प्रभावित नभइन देउवा सरकारलाई विश्वासको मत दिन हार्दिक आग्रह गर्दछु, उनले भनेका छन्, ‘मेरो मत पनि विश्वासको मत लिँदा देउवा सरकारकै पक्षमा हुने कुरा पनि यो वक्तव्यमार्फत प्रष्ट पार्न चाहन्छु।’

प्रधानमन्त्री देउवाले आइतबार अपरान्ह ४ बजे प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिदैछन्। सर्वोच्च अदालतले प्रधानमन्त्रीमा नियुक्तको परामादेश दिएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले २९ असारमा देउवालाई प्रधानमन्त्री नियुक्त गरेकी हुन्।

प्रधानमन्त्रीमा नियुक्त भएका नेपाली कांग्रेसका सभापति देउवाले संवैधानिक प्रावधानअनुसार विश्वासको मत लिन लागेका हुन्। प्रतिनिधिसभाको पहिलो बैठक बसेर स्थगित भएको केहीबेरमा अर्को बैठक बस्नेछ । सोही बैठकमा विश्वासको मतका लागि मतदान हुनेछ ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome