बिहीबार, २१ श्रावण २०७८
बिहीबार, २१ श्रावण २०७८

IT Training Nepal

थप १,८०१ जनामा कोरोना पुष्टि, २३ जनाको मृत्यु, १,६६७ डिस्चार्ज

३ श्रावण, २०७८ १७:४९ मा प्रकाशित

384 पटक पढिएको

corona positive

काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ८०१ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसहित नेपालमा कुल कोरोना संक्रमितको संख्या ७ लाख १६ हजार ४९ पुगेको छ।

यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार ६६७ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। यो सहित नेपालमा कोरोना जित्ने संख्या ६ लाख ३२ हजार ७४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

देशभर २५ हजार ४८५ जना सक्रीय संक्रमित रहेका छन् । २ हजार ६५१ जना संस्थागत आइशोलेसनमा रहेका छन् भने २२ हजार ८३४ जना होम आइशोलेसनमा रहेका छन् । ५६१ जना आईसियुमा १६५ जना भेन्टिलेटरमा उपचारारत छन् ।

पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाबाट थप २३ जनाको मृत्यु भएको छ। योसहित नेपालमा अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ५५० रहेको छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome