बिहीबार, २१ श्रावण २०७८
बिहीबार, २१ श्रावण २०७८

IT Training Nepal

थप २,४४५ जनामा कोरोना पुष्टि, ३२ जनाको मृत्यु, १,२५८ डिस्चार्ज

४ श्रावण, २०७८ १९:०७ मा प्रकाशित

730 पटक पढिएको

corona positive

काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर थप २ हजार ४४५ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसहित नेपालमा कुल कोरोना संक्रमितको संख्या ७ लाख १८ हजार ४९४ पुगेको छ।

यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार २५८ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। यो सहित नेपालमा कोरोना जित्ने संख्या ६ लाख ३३ हजार ३३२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

देशभर २५ हजार ८३७ जना सक्रीय संक्रमित रहेका छन् । २ हजार ५०३ जना संस्थागत आइशोलेसनमा रहेका छन् भने २३ हजार ३३४ जना होम आइशोलेसनमा रहेका छन् । ५६४ जना आईसियुमा १५५ जना भेन्टिलेटरमा उपचारारत छन् ।

पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाबाट थप ३२ जनाको मृत्यु भएको छ। योसहित नेपालमा अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ५८२ रहेको छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome