बुधबार, २ असार २०७८
बुधबार, २ असार २०७८

IT Training Nepal

धादिङ प्रशासनले रद्द गर्‍यो अन्तरजिल्ला सवारी पास

१७ श्रावण, २०७७ ०८:०३ मा प्रकाशित

549 पटक पढिएको

dhading district nepal

काठमाडौं – जिल्ला प्रशासन कार्यालय धादिङले अन्तरजिल्ला सवारी पासलाई रद्द गरेको छ । शुक्रबार सूचना जारी गरी काठमाडौं लगायत अन्तरजिल्लामा प्रशासनबाट जारी हुने पास रद्द गर्ने निर्णय गरेको हो ।

अहिले धादिङ जिल्लामा आन्तरिक रुपमा सार्वजनिक सवारी समेत सञ्चालनमा छ । तर विभिन्न जिल्लाबाट नागढुंगा हुँदै काठमाडौं प्रवेश गर्नेमध्ये धेरैमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएकोले हाललाई पास बन्द गरेको प्रशासनका प्रमुख प्रशासकीय अधिकृत सूर्यदर्शन पण्डितद्वारा हस्ताक्षरित सूचनामा उल्लेख छ ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome