बिहीबार, २१ श्रावण २०७८
बिहीबार, २१ श्रावण २०७८

IT Training Nepal

चन्द्रनहर भत्किँदा सप्तरीमा झण्डै पाँच सय घर डुबानमा

५ श्रावण, २०७८ १६:३४ मा प्रकाशित

258 पटक पढिएको

flood in saptari

राजविराज – सप्तकोशी नगरपालिका–४ मा रहेको चन्द्रनहर भत्किँदा सप्तरीमा झण्डै पाँच सय घर डुबानमा परेका हुन् ।

सप्तरी प्रमुख जिल्ला अधिकारी जय नारायण आचार्यका अनुसार अमहा, टेङ्ग्रालगायत खोलाको बाढीले दुई ठाउँमा चन्द्रनहर भत्किएको छ । झण्डै ५० मिटर नहर भत्किँदा नगरपालिकाका आठ वटा वडा प्रभावित भएका हुन् ।

बाढी बस्तीमा पस्दा सप्तकोशी नगरपालिकाका १, २, ४ र ११ वडाका ३ सय घर डुबानमा परेका छन् । यस्तै, बाढीले तिलाठी–कोइलाडी गाउँपालिका–७ मंसापुर र वडा नम्बर ५ बरसाइनका केही घर डुबाएको छ ।

गाउँपालिका अध्यक्ष सतीशकुमार सिंहका अनुसार वडा नम्बर ७ को मंसापुर र वडा नम्बर ५ को बरसाइनका झण्डै २ सय ७५ घर डुबेका छन् । तिलाठी–कोइलाडी–८ तोपा बस्तीका २५ घरसमेत डुबानमा परेका छन् ।

निरन्तरको वर्षाका कारण जिल्लाका नदीहरूमा जलस्तर बढिरहेको छ । यस्तै, सप्तकोशी, त्रियुगा, महुली, खाँडौ, बलानलगायत नदीमा बाढीको जोखिम रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome