बिहीबार, २१ श्रावण २०७८
बिहीबार, २१ श्रावण २०७८

IT Training Nepal

विपी प्रतिष्ठानका डाक्टरमाथी दुर्व्यवहार गर्ने लेखा प्रमुख फरार

५ श्रावण, २०७८ १६:४१ मा प्रकाशित

361 पटक पढिएको

kamal rayamajhi bpmihss

धरान – अभद्र व्यवहारमा प्रहरीले जाहेरी दर्ता गरी पक्राउ आदेश लिएका बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका लेखा शाखा प्रमुख कमल रायमाझी फरार भएका छन्।

प्रहरीले अभद्र व्यवहार ऐन अन्तर्गत मुद्दा दर्ता गरेका रायमाझीलाई निलम्बन गर्नुपर्ने भएपनी प्रतिष्ठानले निलम्बन गर्नुको साटो संरक्षण गरेको पाइएको छ।

प्रतिष्ठानका डा. विप्लव कार्कीलाई मादक पदार्थ सेवन गरेर विभिन्न प्रकारको धम्की दिँदै दुर्व्यवहार गरेपछि रायमाझीविरुद्ध इलाका प्रहरी कार्यालय धरानले अभद्रव्यभारमा किटानी जाहेरी दर्ता गरेको छ। रायमाझीलाई कार्वाही गर्नको साटो प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरी र रजिष्ट्रार डा. मोहनचन्द्र रेग्मीले संरक्षण गरेको भन्दै प्रतिष्ठानका जुनियर डाक्टरहरुले मंगलवार पनि काम बहिस्कार गरेका छन्।

आइतवार राति लेखा अधिकृत रायमाझीले मादक पदार्थ सेवन गरी डा. कार्कीको निवासमा गएर तत्काल रुम खाली गर्न धम्की दिदै दुर्व्यवहार गरेका थिए। रायमाझीविरुद्ध प्रहरी कार्यालयमा जाहेरी दर्ता भए पश्चात उनलाई पक्राउ गर्न जिल्ला प्रशासन कार्यालय सुनसरीबाट प्रहरीले अनुमति लिएको छ।

बीपी प्रतिष्ठानका सहायक प्रबक्ता डा.चूडामणि पोखरेलले लेखा अधिकृत रायमाझी विरुद्ध मुद्दा दर्ता भएको आधिकारिक जानकारी नआएकाले उनलाई निलम्बन नगरिएको बताए। रायमाझी सोमवारदेखि मोवाइल अफ गरेर फरार भएका छन्।

डा. कार्कीलाई दुर्व्यवहार गरेर फरार भएका रायमाझीलाई प्रहरीले पक्राउ नगरेको भन्दै काम छाडेर आन्दोलनमा उत्रिएका प्रतिष्ठानका ३ सय ५० जना चिकित्सक मंगलवार पनि काममा फर्किएका छैनन्। तत्काल रायमाझीलाई पक्राउ नगरेसम्म काममा नफर्कने प्रतिष्ठानको जुनियर रेसिडेण्ड वल्फेयर सोसाइटीका उपाध्यक्ष डा. पदम नेपालीले बताए।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome