बिहीबार, २१ श्रावण २०७८
बिहीबार, २१ श्रावण २०७८

IT Training Nepal

वामदेव मन्त्री बन्ने समाचारमा सत्यता छैन : सचिवालय

५ श्रावण, २०७८ १६:४३ मा प्रकाशित

484 पटक पढिएको

politician bamdev gautam

काठमाडौं – नेकपा (एमाले) उपाध्यक्ष एवम् राष्ट्रियसभा सदस्य वामदेव गौतम उपप्रधानमन्त्री तथा गृहमन्त्री बन्दैछन् भन्ने समाचारमा सत्यता नभएको उनको सचिवालयले जनाएको छ ।

सामाजिक सञ्जाल र पत्रपत्रिकामा गौतमको नाम जोडेर आएका समाचारमा चरित्र हत्या गर्न खोजिएको उनका स्वकीय सचिव दीपक टमटाले बताए । यस्ता समाचारमा सत्यता नभएको र यस्तो कपोकल्पित समाचारको पछाडि नलाग्न उनले अनुरोध गरेका छन् ।

यस्ता समाचार दुष्प्रचारबाहेक अन्यथा केही नभएको भन्दै उनले सबैलाई त्यसमा विश्वास नगर्न अनुरोध गरे ।

‘विभिन्न सामाजिक सञ्जाल तथा पत्र पत्रिकामा क। वामदेव गौतमको नाम जोडेर उपप्रधानमन्त्री तथा गृहमन्त्री बन्दैछ भनी प्रेषित समाचार प्रति कुनै सत्यता नभएको र यस्ता कपोल कल्पित समाचार उनको चरित्र हत्यामा संलग्न अपराधी तत्वको दुष्प्रचार बाहेक अन्यथा केही नभएको ब्यहोरा जानकारी गराउन चाहन्छौं’, टमटाले भने ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome