बिहीबार, २१ श्रावण २०७८
बिहीबार, २१ श्रावण २०७८

IT Training Nepal

थप ३,१०८ जनामा कोरोना पुष्टि, २५ जनाको मृत्यु, १,५९५ डिस्चार्ज

५ श्रावण, २०७८ १६:५० मा प्रकाशित

325 पटक पढिएको

corona positive

काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर थप ३ हजार १०८ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसहित नेपालमा कुल कोरोना संक्रमितको संख्या ७ लाख २१ हजार ६१७ पुगेको छ।

यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार ५९५ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। यो सहित नेपालमा कोरोना जित्ने संख्या ६ लाख ३४ हजार ९२७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

देशभर २६ हजार ४१९ जना सक्रीय संक्रमित रहेका छन् । २ हजार ५८५ जना संस्थागत आइशोलेसनमा रहेका छन् भने २३ हजार ८३४ जना होम आइशोलेसनमा रहेका छन् । ५९२ जना आईसियुमा १७२ जना भेन्टिलेटरमा उपचारारत छन् ।

पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाबाट थप २५ जनाको मृत्यु भएको छ। योसहित नेपालमा अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ६०७ रहेको छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome