बुधबार, २२ मंसिर २०७८
बुधबार, २२ मंसिर २०७८

IT Training Nepal

क्रियाशील सदस्यामाथि छानबिनपछी राजीनामा दिने सिंहको धम्की

६ श्रावण, २०७८ १७:३० मा प्रकाशित

551 पटक पढिएको

amresh kumar singh

काठमाडौं – नेपाली कांग्रेसका नेता अमरेशकुमार सिंहले क्रियाशील सदस्यामाथि भएको छानबिनप्रति आक्रोश व्यक्त गरेका छन् । दुई नम्बर प्रदेशमा क्रियाशिल सदस्यता विवाद समाधान नभए राजीनामा दिने धम्कीसमेत उनले दिए । उनले राजीनामाको लागि प्रधानमन्त्रीलाई भेट्न समय लिएको उनको भनाइ छ ।

नेता सिंहले पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर सन्तुष्टि व्यक्त गर्ने र आफ्नो कुराको सुनुवाइ नभए राजीनामा दिने धम्की दिएका हुन् ।

‘क्रियाशिल सदस्यता नविकरण र समायोजनाको नाममा जुन तरिकाले छानबिन भइराखेको छ । त्यो हामीलाई स्वीकार्य छैन’, सिंहले भने, ‘त्यसको विरुद्धमा मेरो राजीनामा आउँछ ।’

नेता सिंहले पार्टीका निष्ठावान कार्यकर्तालाई पाखा लगाएर ठेकेदारलाई क्रियाशिल सदस्यता दिएको भन्दै आपत्ति जनाए । ‘पार्टीका सदस्यलाई पाखा लगाउने र समायोजनका नाममा अन्य पार्टीका मान्छेलाई क्रियाशिल सदस्यता दिने ?’, प्रश्न गर्दै सिंहले भने, ‘निष्ठावान कार्यकर्ता पाखा लगाएर ठेकेदार र दलाललाई सदस्यता वितरण गर्नु गलत छ ।’

छानबिनका नाममा निष्ठावान कार्यकर्तालाई सदस्यता नदिँनु पार्टी पद्धति बीपीको मान्यता विपरित भएको उनको भनाइ छ । छानबिनका नाममा प्रदेश २ का निष्ठावान कार्यकर्तामाथि अन्याय हुँदा संगठन नै कमजोर बनेको उनले बताए ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome