शुक्रबार, १७ मंसिर २०७८
शुक्रबार, १७ मंसिर २०७८

IT Training Nepal

थप २,७१४ जनामा कोरोना पुष्टि, २४ जनाको मृत्यु, १,२८८ डिस्चार्ज

७ श्रावण, २०७८ १८:२१ मा प्रकाशित

225 पटक पढिएको

corona positive

काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर थप २ हजार ७१४ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसहित नेपालमा कुल कोरोना संक्रमितको संख्या ७ लाख २७ हजार १६९ पुगेको छ।

यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार २८८ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। यो सहित नेपालमा कोरोना जित्ने संख्या ६ लाख ३७ हजार ६९० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

देशभर २७ हजार ३७५ जना सक्रीय संक्रमित रहेका छन् । २ हजार ७५९ जना संस्थागत आइशोलेसनमा रहेका छन् भने २४ हजार ६१६ जना होम आइशोलेसनमा रहेका छन् । ६३५ जना आईसियुमा १७२ जना भेन्टिलेटरमा उपचारारत छन् ।

पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाबाट थप २४ जनाको मृत्यु भएको छ। योसहित नेपालमा अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ६६१ रहेको छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome