शुक्रबार, १७ मंसिर २०७८
शुक्रबार, १७ मंसिर २०७८

IT Training Nepal

माफी दिन्छु, आउनुहोस् एकजुट भएर काम गरौं : ओली

७ श्रावण, २०७८ १८:२९ मा प्रकाशित

292 पटक पढिएको

prime minister of nepal kp oli

काठमाडौं – नेकपा (एमाले) का अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले एकजुट भएर अगाडि बढ्न आह्वान गरेका छन्। ४३ औं पुष्पलाल स्मृति दिवसको अवसरमा बिहीबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन्। उनले माधव नेपाल समूहलाई लक्षित गर्दै सबैलाई माफी दिएको समेत घोषणा गरेका छन्।

‘को कहाँ छौं भन्ने कुरा छोडिदिउ। पद र स्वार्थका कुरा छौडौं। देशका कुरा गरौं जनताको कुरा गरौं। समस्या समाधानका कुरा गरौं। पार्टी एकताका कुरा गरौं। बाटो बिराएका भट्किएका साथीहरुलाई पनि आग्रह गर्न चाहन्छु,’ उनले भने आउनुहोस् मिलेर काम गरौं।’ ओलीले पार्टीभित्रको कलहले गर्दा कम्युनिष्ट आन्दोलनमा धक्का लागेको बताए। ‘हामी हाम्रै पार्टीभित्रको कलहले गर्दा कम्युनिष्ट आन्दोलनमा धक्का लागेको छ, आफ्नै पार्टीको सरकार ढलेको छ,’ उनले भने, हामी परमादेशबाट जानुपरेको छ, जनादेशबाट होइन।’

केन्द्रीय कमिटीको जारी १० पूर्ण बैठकको तेस्रो दिन बुधबार पनि अध्यक्ष ओलीले १० बुँदे सहमतिलाई कार्यान्वयन गर्दै आन्तरिक एकताका लागि अन्तिम समयसम्म प्रयास आफू तत्पर रहेको स्पष्ट पारेका थिए।

उनले माधव नेपाललाई दोस्रो अध्यक्ष दिन तयार भएको बताएका थिए।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome