सोमबार, ११ आश्विन २०७८
सोमबार, ११ आश्विन २०७८

IT Training Nepal

स्याङ्जामा थप १५ दिन निषेधाज्ञा जारी

८ श्रावण, २०७८ १८:०५ मा प्रकाशित

634 पटक पढिएको

cdo office syangja

स्याङ्जा – जिल्लामा बिहीबार रातिदेखि पुनः १५ दिन निषेधाज्ञा थप भएको छ। बिहीबार मध्यरातसम्म कायम निषेधाज्ञालाई थप गर्दै साउन २२ गतेसम्म लम्ब्याइएको प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालद्वारा जारी आदेशमा उल्लेख छ।

स्याङजा प्रशासनले कोभिड १९ को संक्रमणदर र मृत्युदरमा केहि कमि आएको भएता पनि सक्रिय संक्रमित पूर्णरुपमा निको नभइसकेकाले निषेधाज्ञाको समायावधि लम्ब्याइएको जारी आदेशमा छ।

त्यसो त स्याङ्जामा केही दिनअघि मात्र कोरोना संक्रमितमा नयाँ भेरियन्ट फेला परेको थियो। कालीगण्डकी गाउँपालिकाका १४ र ६० वर्षीय दुई पुरुषमा कोरोनाको डेल्टा भेरियन्ट देखिएको हो।

गत वैशाख २१ देखि सुरु निषेधाज्ञा पटकपटक साता, दश र १५ दिन थप गर्दै आएको छ। हाल जारी निषेधाज्ञामा प्रायजसोमा भीडभाड नगर्नै गरी संचालन गर्न सकिने गरी केही खुकुलो बनाइएको छ।

जिल्लामा संचालित सबै पसल बिहान ५ बजेदेखि साँझ ७ बजेसम्म खुल्ला राख्न भनिएको छ ।तर, अत्यावश्यक काममा बाहेक कोही पनि व्यक्ति घरबाट ननिस्कन जारी आदेश पत्रमा उल्लेख छ।

विवाह, व्रतबन्ध जस्ता धार्मिक कार्यक्रम तोकिएको स्वास्थ्य मापदण्ड पालना गरी २५ जनाको सहभागितामा घरमै गर्नुपर्ने र मठ, मन्दिर तथा विभिन्न धार्मिकस्थलमा नित्य पूजाबाहेक अन्य पूजा गर्न पाइने छैन।

प्रशासनले अझै पनि सिनेमा हल, पार्टी प्यालेस, होटल, रेष्टुरेन्ट, मोटेल, नाचघर, क्लब, ब्यूटीपार्लर, शैलुन, गोष्ठी, सेमीनार, सभा, सम्मेलन, सेमिनार र मानिसहरु भेला भइ कार्यक्रम तथा अन्य गतिविधि संचालन गर्न नपाइने जनाएको छ।

कोभिडको नयाँ भेरियन्ट बालकमा समेत देखिएकाले विद्यालय, क्याम्पस र सबै प्रकारका शैक्षिक संस्थाको पठनपाठन अनलाइन माध्यमबाट गर्नुपर्ने छ। यसैगरी, गण्डकी प्रादेशिक कार्यालय पोखराको अनुसार स्याङजाका ४ हजार ८ सय ६ जनामा संक्रमण पुष्टि भएको छ।

ती मध्ये ४ हजार ५ सय ३८ जना निको भएका छन् भने सक्रिय संक्रमितको संख्या १ सय ४६ छ। कोरोनाका कारण १ सय २२ जनाको मृत्यु भएको प्रादेशिक कार्यालयले जनाएको छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome