सोमबार, ११ आश्विन २०७८
सोमबार, ११ आश्विन २०७८

IT Training Nepal

राप्रपा अध्यक्ष थापा र विप्लवबीच भेटवार्ता

८ श्रावण, २०७८ १८:१० मा प्रकाशित

508 पटक पढिएको

kamal thapa meets biplav

काठमाडौं – भूमिगत राजनीतिबाट खुला राजनीतिमा आएका नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ पछिल्लो समय राजनीतिक भेटघाटमा व्यस्त छन् । विशेष गरी निर्वतमान प्रधानमन्त्री केपी शर्मा ओलीको बर्हिगमनसँगै विप्लवले अन्य राजनीतिक दलका नेतासँग भेट्ने क्रम तीव्र बनाएका हुन् । सोही क्रममा शुक्रबार राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष कमल थापासँग भेटवार्ता गरेका छन् ।

शुक्रबार बिहानै पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’सहित थापा निवास बुढानिलकण्ठ पुगेका विप्लवले अध्यक्ष थापासँग भेटवार्ता गरेका हुन् । भेटमा उनले आफ्नो भूमिगतकालमा राप्रपाले गरेको बैचारिक सहयोगको खुलेर प्रशंसा गरे ।

भेटका क्रममा उनले देश कठिन अवस्थामा पुगेको र बैदेशिक हस्तक्षेप अत्यन्त तीव्र भइरहेकाले सबै दलहरु मिलेर राष्ट्रियता र स्वाधीनताको पक्षमा लड्र्नु पर्नेमा जोड दिए ।

विप्लवले तत्कालीन प्रम केपी शर्मा ओली सँगको तीन बुँदै सहमति पछि खुल्ला राजनीतिमा आएपनि अझै कार्यान्वयन नभएकोमा चिन्ता व्यक्त गरे । आफ्ना १२५ भन्दा धेरै कार्यकर्ता अझै जेलमा रहेको भन्दै ओलीको बर्हिगमन भएपनि सम्झौता व्यक्तिसँग नभई राज्यसँग भएकाले अहिलेको सरकारले पनि सहमति कार्यान्वयन गरोस् भन्नेमा लागि परेको बताए ।

यसमा राप्रपाको सहयोगको समेत अपेक्षा गरेका उनले बताए । जवाफमा राप्रपा अध्यक्ष थापाले सरकारले विप्लव सँगको सहमित कार्यान्वयन हुनुपर्छ भन्ने राप्रपाको धारणा रहेको बताए ।

भेटमा प्रवक्ता प्रकाण्डले दश वर्षे जनयुद्धपछि जनताको शासन चाहेपनि अहिले पनि पूँजीपति र दलालहरुकै सत्तामा हालीमुहाली रहेको बताए।पछिल्लो समय विप्लव सक्रिय हुँदै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता माधवकुमार नेपाल, जसपा संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराई तथा प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome