सोमबार, ११ आश्विन २०७८
सोमबार, ११ आश्विन २०७८

IT Training Nepal

थप ३,११४ जनामा कोरोना पुष्टि, १६ जनाको मृत्यु, २,१९७ डिस्चार्ज

९ श्रावण, २०७८ १६:५२ मा प्रकाशित

678 पटक पढिएको

corona positive

काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर थप ३ हजार ११४ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसहित नेपालमा कुल कोरोना संक्रमितको संख्या ७ लाख ३३ हजार २६० पुगेको छ।

यस्तै पछिल्लो २४ घण्टामा थप २ हजार १९७ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। यो सहित नेपालमा कोरोना जित्ने संख्या ६ लाख ४१ हजार ५६५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

देशभर २७ हजार ७५७ जना सक्रीय संक्रमित रहेका छन् । २ हजार ६७१ जना संस्थागत आइशोलेसनमा रहेका छन् भने २५ हजार ८६ जना होम आइशोलेसनमा रहेका छन् । ६५० जना आईसियुमा १६५ जना भेन्टिलेटरमा उपचारारत छन् ।

पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाबाट थप १६ जनाको मृत्यु भएको छ। योसहित नेपालमा अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ६९५ रहेको छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome