सोमबार, ११ आश्विन २०७८
सोमबार, ११ आश्विन २०७८

IT Training Nepal

उपत्यकामा थप १० दिन निषेधाज्ञा

१० श्रावण, २०७८ १६:४७ मा प्रकाशित

339 पटक पढिएको

streets in kathmandu

काठमाडौं – काठमाडौं उपत्यकामा निषेधाज्ञाको अवधि १० दिन थपिएको छ । उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले साउन २० गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।

थपिएको निषेधज्ञामा प्रावधानहरु यसअघिकै छन् । सभासम्मेलन, पार्टी प्यालेस, सिनेमा हल, डान्सबार, दोहोरी, नाचघर, मनोरञ्जनस्थल बन्द नै रहनेछन् ।

यस्तै खुला स्थानमा मानिसहरु भेला हुन नपाउने, जुलुस, जात्रा, महोत्सव, भोजभत्तेर गर्न नपाउने तथा पुजारीबाट हुने नित्य पूजाबाहेक अन्य धार्मिक तथा सांस्कृतिक गतिविधिहरु सञ्चालन गर्न पाइने छैन ।

सवारी साधन तथा अन्य पसलहरु सवस्थ्यमा मापदण्ड अपनाएर सञ्चालन गर्न पाइने छ ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome